नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले जग्गा दान लिनु भ्रष्टाचार हो, लिनेदिनेलाई नै कारवाही होस्: कांग्रेस र माओवादी सांसद

काठमाडौं । नेकपा एमालेले मीनबहादुर गुरुङबाट लिएको जग्गा दान भ्रष्टाचार हुने कि नहुने भन्दै सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रश्न गरेका छन् । 


प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदले अभियुक्त व्यवसायीबाट प्रधानमन्त्रीको पार्टीले जग्गादान लिनु भ्रष्टाचार हो कि होइन भन्दै प्रश्न गरेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथि छलफल भइरहको बैठकमा माओवादी सांसद दुर्गा राईले प्रधानमन्त्रीको पार्टी कार्यालयका लाग १० रोपनी १४ आना जग्गा दान लिनु भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार गर्दिन भन्ने सत्तारुढ दलले नै जग्गा किन लिएको भन्दै प्रश्न गरिन् । 

यस्तै नेपाली काङ्ग्रेसकी सांसद सरिता प्रसाईंले पनि एमालेले पार्टी कार्यालयका लागि जग्गा गिफ्ट लिने र दिने दुवैलाई भ्रष्टाचारमा कारबाही हुनु पर्ने माग राखिन् । ‘प्रधानमन्त्री, मन्त्री, सांसदहरुले ड्यामका ड्याम गिफ्ट लिन थाले मुलुक के हुन्छ ?’ गिफ्ट लिनेलाई मात्रै होइन गिफ्ट दिनेलाई पनि भ्रष्टाचारमा कारबाही हुनुपर्छ, उनले भनिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...