नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले जग्गा दान लिनु भ्रष्टाचार हो, लिनेदिनेलाई नै कारवाही होस्: कांग्रेस र माओवादी सांसद

काठमाडौं । नेकपा एमालेले मीनबहादुर गुरुङबाट लिएको जग्गा दान भ्रष्टाचार हुने कि नहुने भन्दै सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदले अभियुक्त व्यवसायीबाट प्रधानमन्त्रीको पार्टीले जग्गादान लिनु भ्रष्टाचार हो कि होइन भन्दै प्रश्न गरेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथि छलफल भइरहको बैठकमा माओवादी सांसद दुर्गा राईले प्रधानमन्त्रीको पार्टी कार्यालयका लाग १० रोपनी १४ आना जग्गा दान लिनु भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार गर्दिन भन्ने सत्तारुढ दलले नै जग्गा किन लिएको भन्दै प्रश्न गरिन् । 

यस्तै नेपाली काङ्ग्रेसकी सांसद सरिता प्रसाईंले पनि एमालेले पार्टी कार्यालयका लागि जग्गा गिफ्ट लिने र दिने दुवैलाई भ्रष्टाचारमा कारबाही हुनु पर्ने माग राखिन् । ‘प्रधानमन्त्री, मन्त्री, सांसदहरुले ड्यामका ड्याम गिफ्ट लिन थाले मुलुक के हुन्छ ?’ गिफ्ट लिनेलाई मात्रै होइन गिफ्ट दिनेलाई पनि भ्रष्टाचारमा कारबाही हुनुपर्छ, उनले भनिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।