नेभिगेशन
सबै कुरा

नयाँ पार्टीहरूलाई तर्साउन खोजिएको छ, प्रतिरोध गरौँ : सुमना श्रेष्ठ

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले वर्तमान सत्ताले नयाँ सोच र नयाँ पार्टीलाई हेपेको बताएकी छिन्। रास्वपाले मङ्गलवार बालुवाटारमा आयोजना गरेको प्रतिरोध सभामा बोल्दै उनले दुई पुराना दलको सरकारले नयाँ दलहरूलाई थर्काउन, तर्साउन र फुटाउन खोजेको आरोप लगाइन्।

‘नेपालीहरू निसास्सिएका छौँ। रास्वपा त जनताको प्रतिरोधमै जन्मिएको पार्टी हो। प्रतिरोधलाई गलाउन खोजिँदैछ। थकाउन र तर्साउन खोजिँदैछ। फुटाउन खोजिदैँछ। यसको प्रतिकार गर्न हामीमा आत्मविश्वास हुनुपर्छ।,’ श्रेष्ठले भनिन्। उनले कसैलाई काखा कसैलाई पाखा नहोस् भनेर खबरदारी गर्न आयोजना भएको शान्तिपूर्ण खबरदारी सभामा राज्यले बल प्रयोग गरेकोमा विरोध गरिन्। अब ढोँगी चरित्र चल्दैन। हामीले यो दलदलबाट देशलाई निकालेरै छोड्छौँ।’ उनले भनिन्, ‘नयाँ सोचलाई हेप्ने प्रवृत्ति देखिएको छ। यसको प्रतिकार गरौँ।’

Global Ime Bank

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेकी रास्वपा नेतृ श्रेष्ठले सहकारी पीडितलाई न्याय भनेको बचत फिर्ता भएको बताइन्। सहकारीसम्बन्धी संसदीय समितिको प्रतिवेदनमा सिफारिस गरिएका संस्थागत सुधारतर्फ ध्यान दिए सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन उनले माग गरिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्न लागेका हुन् ।
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सरकारलाई कृषि समितिको निर्देशन

विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सरकारलाई कृषि समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाढीपहिरो डुबानलगायत मौसमजन्य उच्च जोखिममा रहेका क्षेत्रहरू पहिचान गरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
बहुभाषिक पहिचान प्रवर्धनमा सरकार प्रतिबद्ध छ: पर्यटनमन्त्री

बहुभाषिक पहिचान प्रवर्धनमा सरकार प्रतिबद्ध छ: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बहुभाषिक पहिचान प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री पाण्डेले सम्पूर्ण मातृभाषाहरू...
लागुऔषध नियन्त्रण अहिलेको चुनौती हो, अर्को वर्षभित्र विभाग स्थापना गर्छौँः गृहमन्त्री लेखक

लागुऔषध नियन्त्रण अहिलेको चुनौती हो, अर्को वर्षभित्र विभाग स्थापना गर्छौँः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक बर्षभित्र लागू औषध नियन्त्रण बिभाग स्थापना गर्ने बताएका छन् ।

भर्खरै