नेभिगेशन
सबै कुरा

नयाँ पार्टीहरूलाई तर्साउन खोजिएको छ, प्रतिरोध गरौँ : सुमना श्रेष्ठ

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले वर्तमान सत्ताले नयाँ सोच र नयाँ पार्टीलाई हेपेको बताएकी छिन्। रास्वपाले मङ्गलवार बालुवाटारमा आयोजना गरेको प्रतिरोध सभामा बोल्दै उनले दुई पुराना दलको सरकारले नयाँ दलहरूलाई थर्काउन, तर्साउन र फुटाउन खोजेको आरोप लगाइन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नेपालीहरू निसास्सिएका छौँ। रास्वपा त जनताको प्रतिरोधमै जन्मिएको पार्टी हो। प्रतिरोधलाई गलाउन खोजिँदैछ। थकाउन र तर्साउन खोजिँदैछ। फुटाउन खोजिदैँछ। यसको प्रतिकार गर्न हामीमा आत्मविश्वास हुनुपर्छ।,’ श्रेष्ठले भनिन्। उनले कसैलाई काखा कसैलाई पाखा नहोस् भनेर खबरदारी गर्न आयोजना भएको शान्तिपूर्ण खबरदारी सभामा राज्यले बल प्रयोग गरेकोमा विरोध गरिन्। अब ढोँगी चरित्र चल्दैन। हामीले यो दलदलबाट देशलाई निकालेरै छोड्छौँ।’ उनले भनिन्, ‘नयाँ सोचलाई हेप्ने प्रवृत्ति देखिएको छ। यसको प्रतिकार गरौँ।’

Ncell
Extreme Energy

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेकी रास्वपा नेतृ श्रेष्ठले सहकारी पीडितलाई न्याय भनेको बचत फिर्ता भएको बताइन्। सहकारीसम्बन्धी संसदीय समितिको प्रतिवेदनमा सिफारिस गरिएका संस्थागत सुधारतर्फ ध्यान दिए सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन उनले माग गरिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।