नेभिगेशन
सबै कुरा

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज ओलीमाथि कार्यस्थलमै सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोप

काठमाडौँ । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज ओलीमाथि कार्यस्थलमै सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । ओलीले आफ्नै फर्ममा काम गर्ने चार्टर्ड एकाउन्टेन्टको प्रशिक्षार्थी विद्यार्थी (पञ्जीकृत प्रशिक्षार्थी)  युवतिमाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडितले न्यायकाे याचना गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओलीको फर्ममा काम गर्ने युवतिलाई गत महिना उनले एक कार्यालयमा यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ। पीडित युवति पछिल्लो ६ महिनादेखि ओलीको फर्ममा पञ्जीकृत प्रशिक्षार्थीको रुपमा कार्यरत थिइन । पीडित युवतिकाअनुसार काठमाडौँको पानीपोखरीस्थित एक सेवाग्राहीको कार्यलयमा ओलीले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् ।

Everest cinsult

‘गत असोज १५ गते म र एक जना साथी एक सेवाग्राहीको फर्ममा अडिटको लागि गएका थियाैँ । त्यहाँ अपरान्ह अडिट रिभ्युका लागि ओली सर आउनु भयो । त्यहाँ रहेका अर्को साथीलाई बाहिर पठाएर उहाँले कोठाको ढोका लगाउनु भयो,’ पीडित युवतिले पीडकलाई कारबाही माग गर्दै दिएकाे निवेदनमा भनिएकाे छ,‘ मेरो आर्थिक अवस्थाबारे सोध्न थाल्नु भयो । मेरो गाला मुसार्न थाल्नु भयो । मेरो शरिरका अङ्गहरूको चित्रण गर्न थाल्नु भयो र हात गाला देखि मुसार्दै बक्षस्थलमा पुग्नु लागे ।’ सो बखत आफ्नो आँखा रसाएको र डरले कामेको उनले बताइन् । ‘म केही बाल्न सकिन काम्न थाले । मेरो आँखा रसायो । मेरो वक्षस्थल समाउन थालेपछी म भाग्न थाले ।’ 

पीडित युवतिकाअनुसार उनी ढोका खोलेर भाग्दै बाहिर गएर आफूसँगै अडिट गर्न आएका अर्को साथीलाई सबै कुरा रुदै बताएकी थिइन् । तर, उनले केही गर्न नसकेपछि आफू साँझ पठाओ चढेर घर फर्केको उनले बताइकी छिन् । आफू घर फर्किए पछि परिवारलाई सबै कुरा बताएको र भोलिपल्टै १६ अक्टोबर (१६ असोज) का दिन बिहानै सो फर्ममा पुगेर सम्झौता रद्दको निवेदन दिएर काम छोडेको उनले बताइन् । 

सो घटना पछि आफू त्रसित भएका कारण यो विषय बाहिर ल्याउन नसकेको र असुरक्षा महसुस गरेको पीडित युवतिले बताएकी छिन् । ‘म यो घटना पछि त्रसित छु । मेरो जिन्दगीकै र मेरो व्यवसायिक जीवनमा धेरै जोखिम महसुस गरेँ’ उनले भनेकी छिन्,‘तर, मैले यो कुरा बाहिर नल्याउँदा आफैलाई अन्याय हुने महसुस गरेर भन्ने हिम्मत गरेँ ।’ 

यो घटना बाहिर ल्याउँदा आफू निकै डराएको भन्दै उनले चाटर्ड एकान्टेन्ट तथा यसका सरोकार राख्ने निकायहरु र महिला अधिकारका क्षेत्रमा काम गर्नेहरुसँग सहयोगको अपिल गरिन् । चाटर्ड एकान्टटेन्ट पढ्ने विद्यार्थीहरुको हक हितमा काम गर्ने संस्था नेपाल चाटर्ड एकान्टटेन्ट्स विद्यार्थी संगठन (एनकासा) ले पनि यो विषयमा गंभिर ध्यानाकर्षण भएको जनाएको छ। कार्यस्थलमै विद्यार्थीमाथि भएको यौन दुर्व्यवहारको  घटनाबारे जानकारी रहेको र पीडितको न्यायको लागि पहल गरिरहेको संगठनले जनाएको छ। 

पीडित विद्यार्थीबारे थाहा पाउने बित्तिक्कै पीडकलाई कारबाही र पीडितलाई न्यायका लागि पहल गरिरहेको एनकासाका अध्यक्ष महेन्द्र खड्काले सिधाकुरालाई बताए। ‘हामीले यो कुरा थाहा पाउने बित्तिक्कै पीडितलाई भेटेर उनको न्यायका लागि संस्थागत पहल थालेका छौँ,’ अध्यक्ष खड्काले सिधाकुरासँग भने । 


एनकासाकी उपाध्यक्ष सोफिया श्रेष्ठले पनि यो घटनाले यस क्षेत्रको कार्यस्थलमा काम गर्ने महिलाहरु त्रसित बनेको बताईन । ‘मैले पीडित युवतिलाई भेटेँ,’ सोफियाले भनिन् ‘हामीले न्यायको पहल पनि थालेका छौँ ।’ पीडित युवतिको न्यायको माग गर्दै नेपाल चाटर्ड एकाउन्टटेन्ट संस्था (आइक्यान) र महिला आयोग तथा प्रहरीमा पुगे पनि उनीहरु कसैले सहयोग नगरेको एन्कासाले जनाएको छ । 

आइक्यानको गैर जिम्मेवार जवाफ 

पीडक ओली नेपाल चाटर्ड एकान्टटेन्ट संस्था (आइक्यान) का पूर्वअध्यक्ष हुन् । नेकपा एमाले निकट ओली आफूलाई प्रधानमन्त्रीको नजिकको मान्छे भन्दै शक्ति केन्द्रको नजिक रहेको भन्दै प्रचार गर्छन् । उनी संलग्न कार्यस्थलमै प्रशिक्षार्थी विधार्थीमाथिको यौन दुर्व्यवहारको घटना लिएर एनकासा आइक्यान पुगेका थियो ।

कात्तिक १२ गते पीडित युवति लिएर आइक्यान पुगेको एनकासाकी उपाध्यक्ष श्रेष्ठ बताउँछिन् । चाटर्ड एकान्टटेन्ट नियवाली २०६१ को दफा ३७ मा यस्तो व्यवहार गर्नेलाई दण्डीत गर्ने कानुनी व्यवस्था छ । त्यसैलाई टेकेर सहयोगका लागि आइक्यान पुग्दा उल्टै गैर जिम्मेवार जवाफ भोगेको उपाध्यक्ष श्रेष्ठले बताइन् ।

‘पीडितलाई न्याय र पीडिकलाई कारबाही माग गर्न जाँदा उल्टै कुनै कानुनी व्यवस्था नभएको भन्दै आइक्यान पन्छिएको छ,’ उनले  भनिन् ‘हामी घटनाबारे अध्यक्षज्यूलाई जानकारी गराउन लिखित निवेदनसहित पीडितलाई नै लिएर गएका थियौँ । झण्डै एक सय जना विद्यार्थीसहित हामी जाँदा पनि कुनै सुनुवाई भएन ।’    

यस्तो घटनामा उपचारका लागि कुनै कानुन नभएको भन्दै आइक्यान पन्छिएको एनकासाको आरोप छ । आइक्यानका अध्यक्ष प्रविन कुमार झालाई यो विषयमा बुझ्न सम्पर्क गर्दा उनी कुरा गर्न तयार भएनन् । पटक पटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । जरुरी विषयमा कुरा गर्न भन्दै म्यासेज गर्दा पनि उनले कुनै प्रतिक्रिया जनाएनन् ।    

महिला आयोगले सहयोग गरेन, प्रहरीमा उजुरी 

आइक्यानबाट कुनै सुनुवाई नभएपछि पीडित राष्ट्रिय महिला आयोग भद्रकाली पनि पुगेकी थिइन । उनीसँगै गएकी साथीले सिधाकुरालाई बताए अनुसार न्याय माग गर्दै आयोग पुग्दा त्यहाँबाट पनि गैर जिम्मेवार जवाफ पाएको पीडितले बताइन् । ‘हामी हिजो मात्रै महिला आयोग गएका थियाैँ,’ उनले भनिन्,‘ लिखित उजुरी पनि दिएका छाैँ । तर,उहाँहरुले यो विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने बताउनु भयो ।’ 

आयोगले समेत आइक्यानमा जान भनेर पन्छिएको उनले बताइन । पीडित र उनका साथीहरुले घटनाबारे खुलाएर आयोगमा लिखित उजुरी दिएको छ। आइक्यान र महिला आयोगबाट कुनै सुनुवाई नभएपछि पीडितले प्रहरी बृत्त सिंहदरबारमा आफूमाथि ओलीले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिए पनि दर्ता भएकाे छैन । सोमबार साँझ उनी उजुरी लिएर प्रहरी कार्यालय पुगेकी थिइन् । 

चार्टर्ड एकाउन्टेन्टस् संघले जनायो आपत्ति 

कार्यस्थलमा प्रशिक्षार्थी सीए विद्यार्थीमाथि भएको यो घटना चार्टर्ड एकान्टेन्टहरुमा भुसको आगो जस्तै फैलिएको छ । पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गर्दै भएका पहलपछि चार्टर्ड एकाउन्टेन्टस् संघले मंगलबार साँझ एक विज्ञप्ति निकालेर उक्त घटना सम्पूर्ण सदस्यहरुका लागि लज्जाको विषय भएको बताएको छ। ‘कार्यस्थलमै सदस्यमाथि भएको यौन दुर्व्यवहारको घटना समग्र सदस्यहरुका लागि लज्जाको विषय हो,’ संघले विज्ञप्तिमा भनेको छ।


यस्ता घटनाहरुबाट पीडित अरु पनि हुन सक्ने भन्दै संघले पीडितहरुलाई सम्पर्कमा आउन पनि भनेको छ । यो घटनाकी पीडितसँग सम्पर्कमा रहेको र कानुनी उपचारमा सघाउन तयार रहेको पनि संघले जनाएको छ ।     

भाग्दैछन् ओली 

ओलीबारे पीडितको गुनासो पछि हामीले यसबारे बुझ्न ओलीलाई पटक पटक फोन गर्याे। घटनाबारे खुलाएर एसएमएस पनि गर्यौ । तर, उनले कुनै प्रतिक्रिया जनाएनन् । ओलीलाई सिधाकुराबाट ४ पटक फोन र एक एसएमएस पठाइएका छन् ।

तर, उनले एक घण्टाको अवधिमा सोबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । पीडितकाअनुसार ओली मंगलबार साँझै वा बुधबार नेपाल छोडेर भाग्दैछन् ।  उनी अष्ट्रेलिया जान सक्ने भन्दै पीडितहरुले अध्यागमन कार्यालयमा पनि घटनाबारे जानकारी गराइसकेको बताएका छन् । समाचार प्रकाशित भएकाे ३ घण्टापछि भर्खरै सिधाकुरालाई म्यासेज पठाएर ओलीले आफूमाथि गलत आरोप लगाइएको बताए । ति आरोपमा कुनै सत्यता नभएको पनि उनले बताए । ‘म माथि लगाइएको सबै आरोप गलत हो, त्यसमा कुनै सत्यता छैन्,’ उनले पठाएको म्यासेजमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेसमा पालैपालो विद्रोहः सभापतिमा गगन यथावत, देउवा मैदानमा

कांग्रेसमा पालैपालो विद्रोहः सभापतिमा गगन यथावत, देउवा मैदानमा

कांग्रेस एउटा पार्टी हो कि दुईटा ? छुट्याउन गाह्रो छ । विशेष महाधिवेशनअघिको कांग्रेस र विशेष महाधिवेशनपछिको कांग्रेस । विशेष महाधिवेशनपछिको कांग्रेसको नेतृत्व गगन थापाले गरिरहेका छन् ।...
रवि–बालेनको बाटो, सिंहदरबारबाटै शासन

रवि–बालेनको बाटो, सिंहदरबारबाटै शासन

त्यही जनमत संसदमा छ र त्यही संसदले सरकार बनाउँदै छ । संसद बाहेक अर्को शक्तिशाली निकाय छैन । पहिले दरबार थियो, अहिले दरबार छैन। सत्ताका लागि छिनाझपटी गर्ने...
राजनीतिक नियुक्ति खाएकालाई पद त्यागेर मार्ग प्रशस्त गर्न रास्वपाको आग्रह

राजनीतिक नियुक्ति खाएकालाई पद त्यागेर मार्ग प्रशस्त गर्न रास्वपाको आग्रह

‘हामी पुर्नसंरचनासहितको नयाँ मोडलमा जाँदैछौँ । जनताको करबाट राजनीतिक स्वार्थको व्यवस्थापन गर्न गरिएका नियुक्तिहरुबाट नियुक्ति पाएकाले मार्ग प्रशस्त गरिदिनु पर्छ,’ प्रवक्ता झाले सिधाकुरासँग भने,‘योजना आयोग र महान्यायधीवक्ता कार्यालयमा...
सरकारी निकायमा राजनीतिक दलको दोकान, रास्वपा सरकारले लगाउँदै छ ठेगान

सरकारी निकायमा राजनीतिक दलको दोकान, रास्वपा सरकारले लगाउँदै छ ठेगान

‘सरकारी सेवा भित्रको दलगत ट्रेड युनियन व्यवस्था खारेज गरी प्रशासनलाई पूर्ण रूपमा पेशागत, तटस्थ र उत्तरदायी बनाइनेछ,’ रास्वपाले भनेको छ,‘ सूचना प्रविधिमा आएको तीव्र परिवर्तनलाई आत्मसात गर्न सक्ने...