नेभिगेशन
सबै कुरा
कैद माफी मिनाहा प्रकरण :

रिगलको कैद मिनाहाको कारण पेश गर्न सरकरालाई सर्वोच्चको ७ दिनको समय

१८ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जका रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सरकारले संविधान दिवसको दिन श्रीमान चेतन मानन्धरको हत्या गर्ने रिगलको कैद मिनाहा गर्ने निर्णय गरेपछि श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

सोही रिटउपर सुनुवाई गर्दै आज सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माले सरकारलाई लिखित जवाफ पेश गर्न सात दिनको समय दिएका छन् । रिटको अर्को सुनुवाईको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश दिइएको छ । 

Dish home
City Express

भारती मानन्धरले श्रीमान्को हात्यारा रिगलको कैद मिनाहा गर्न गरिएका सबै सिफरिस तथा निर्णयहरु खारेज हुनुपर्ने र रिगललाई फेरि थुनामा पठाउनुपर्ने माग राख्दै रिट दर्ता गरेकी थिइन् । उनी रिले अनसनमा समेत बसेकी छिन् । 

असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ७५ कारागारमा कैद सजाय काटिरहेका ६७० जना कैदीको माफी मिनाहा गरेका थिए ।  जस मध्ये  नेपालगंजका रिगल भनिने योगराज ढकालले २०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरि हत्या गरेका थिए । चेतनको हत्या गर्दा रिगल तरुण दल बाँके ३ का सभापति थिए ।

हत्या गरेर फरार भएका रिगललाई २०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए ।

असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका थिए ।


सम्बन्धित समाचार :

बिच चोकमा खुँडा हान्ने ‘रिगल’लाई १२ वर्ष कैद माफी दिनेहरु...

श्रीमानको हत्यारालाई माफी दिएको भन्दै भारतीको माइतिघरमा रिले अनसन

रिगलको सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट, फेरि थुनामा पठाउन माग

बलिन्द्र धारा आँशु बगाउँदै राष्ट्रपतिलाई भारतीको प्रश्न : मेरो ठाउँमा तपाईंको छोरी भएको भएपनि हत्यारालाई माफी दिनुहुन्थ्यो ?

हत्यारालाई माफी दिएर कानूनको दुरुपयोग भएको भन्दै रवि लामिछानेद्वारा राष्ट्रपतिलाई ध्यानाकर्षण

राष्ट्रपति ज्यू ! हत्यारालाई माफी दिएर पाप गर्नु भयो: भारती मानन्धर (भिडियाेसहित)


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम...
एमालेको युवा संघले काठमाडौँमा मोटरसाईकल र्याली गर्न नपाउने

एमालेको युवा संघले काठमाडौँमा मोटरसाईकल र्याली गर्न नपाउने

नेकपा एमालेनिकट युवा संघले काठमाडौँमा मोटरसाइकल र्याली निकाल्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको...
दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

“न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः००...
नारायणकाजी श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

नारायणकाजी श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

सो निवेदनउपर सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले वरिष्ठ उपाध्यक्ष श्रेष्ठसँग लिखित जवाफ मागेको हो ।