नेभिगेशन
सबै कुरा

हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित

काठमाडौँ । नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । 

हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा एक सय रनमा समेटियो । अष्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित  ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

CG

नेपालका लागि प्रतिशि जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय ११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी लोकेश बमले ३३, राशिद खानले र विवेक यादवले समान १२÷१२ रन बनाए । अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

भर्खरै