नेभिगेशन
सबै कुरा

बझाङ पुगेका प्रधानमन्त्रीलाई रविको आग्रह, भुकम्पले चर्किएका घरहरू हेलिकप्टरको आवाजले नभत्किउन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्पबाट प्रभावित बझाङ पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ध्यानाकर्षण गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई दिन अघिनै भुकम्प प्रभावित ठाँउमा पुगेका लामिछानेले प्रभावितहरूलाई त्रिपालसमेत पर्याप्त नभएको बताएका छन् । भुकम्प पीडितहरूका लागि ओढ्ने ओछ्‌याउने समेत नभएकाले अस्थायी आवासको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

Marvel

उनले लेखेको छन् "प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनें। यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ। सबैका लागि पर्याप्त त्रिपाल पनि छैन। चिसो बढ्दो छ, ओढ्ने  ओछ्याउने आवश्यक छ।

बच्चा र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ। स्वास्थ्य चौकीहरू र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपाय सहितका टेम्पोररी सेल्टर टेन्ट आवश्यक छन् । प्रभावितलाई अब क्रमशः अरु समस्याले पिरोल्ने छ। घर भत्किएका र चर्किएकालाई विस्तारै सुरक्षित आवासमा लैजानु पर्ने छ।

प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नु भएको होला। प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु। हेलिकप्टरको आवाजले चर्किएका घरहरू नभत्किउन् , हेलिकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला। हामी बझाङका जनताको साथमा छौं।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।

भर्खरै