नेभिगेशन
सबै कुरा

बझाङ पुगेका प्रधानमन्त्रीलाई रविको आग्रह, भुकम्पले चर्किएका घरहरू हेलिकप्टरको आवाजले नभत्किउन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्पबाट प्रभावित बझाङ पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ध्यानाकर्षण गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई दिन अघिनै भुकम्प प्रभावित ठाँउमा पुगेका लामिछानेले प्रभावितहरूलाई त्रिपालसमेत पर्याप्त नभएको बताएका छन् । भुकम्प पीडितहरूका लागि ओढ्ने ओछ्‌याउने समेत नभएकाले अस्थायी आवासको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

Ncell
Extreme Energy

उनले लेखेको छन् "प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनें। यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ। सबैका लागि पर्याप्त त्रिपाल पनि छैन। चिसो बढ्दो छ, ओढ्ने  ओछ्याउने आवश्यक छ।

बच्चा र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ। स्वास्थ्य चौकीहरू र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपाय सहितका टेम्पोररी सेल्टर टेन्ट आवश्यक छन् । प्रभावितलाई अब क्रमशः अरु समस्याले पिरोल्ने छ। घर भत्किएका र चर्किएकालाई विस्तारै सुरक्षित आवासमा लैजानु पर्ने छ।

प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नु भएको होला। प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु। हेलिकप्टरको आवाजले चर्किएका घरहरू नभत्किउन् , हेलिकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला। हामी बझाङका जनताको साथमा छौं।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।