नेभिगेशन
सबै कुरा

तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क

काठमाडाैँ । घटना नं १ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तिहारको भाइटीकाको दिन बालुवाटारका विजय सापकोटा (परिवर्तित नाम) ले भाइटीका लगाउन जान अनलाइन राइड सेयरिङ एप इन्ड्राइभमा राइडर खोजे । सापकोटा बालुवाटारको थिरबम सडकबाट मैतिदेवीको विरेन्द्र मार्ग जानुपर्ने थियो । 

Ncell
Extreme Energy


इन्ड्राइभकै दूरीलाई लिने हो भने सो दिन विजयको पिक अप लोकेशन र ड्रप अफ लोकेशनको दुरी ४.८ किलोमिटरको थियो । 

सामान्य दिनमा सोही स्थानमा आवतजावत गर्न सापकोटाले ९५ रुपैयाँ तिर्ने गर्थे । अन्य दिनमा सोही स्थानको दूरी पनि ४ किलोमिटर मात्र देखाइन्थ्यो । तर, सो दिन विजयले अन्य दिनभन्दा करिब तेब्बर अर्थात २ सय ६५ रुपैयाँ तिर्न पर्यो ।


इन्ड्राइभले एकै स्थानको दूरीसमेत बढाएर देखाएर चर्को मूल्य असुल्यो । त्यसको मारमा विजय परे । ‘भाइटीका नलगाई भएन, सो रकम तिरेर गएँ,’ विजय भन्छन्, ‘चाडपर्वको मुखमा इन्ड्राइभले मसँग लुट मच्चायो ।’ 

घटना नं २

कलङ्कीका सुरेश पराजुली (नाम परिवर्तन) ले भाइटीकाको बिहानै नयाँ बानेश्वरबाट दिदीलाई लिएर कलङ्कीस्थित कोठामा गए । बिहानको समयमा आफ्नै मोटरसाइकल लिएर गएका सुरेशले दिदीलाई घर पठाउने समयमा इन्ड्राइभमा पठाउने निधो गरे । 

सोहीअनुरूप इन्ड्राइभमा ट्याक्सी खोजेका उनले १६ सय ७५ रुपैँया भाडा भएको पाए । 

सामान्य दिनहरूमा सो दूरीमा ५ सय ५५ मा इन्ड्राइभमा ट्याक्सी पाइन्छ । तर, त्यो दिन करिब तेब्बर मूल्य बढाएको पाएपछि सुरेश आफैँले दिदीलाई मोटरसाइकलमै घरमा ल्याएर छोडेर गए । 


‘सहजताका लागि इन्ड्राइभ छ भन्यो, कामै नहुने,’ सुरेशले भने ‘तर, तेब्बर भाडा लिन त भएन नि । यो त ठगी भयो ।’

तिहार पर्वको बेला राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभबाट ठगिनेहरू यत्तिमै सीमित छैनन् । 

‘हिजो भाइटीका लक्षित इन्ड्राइभको कालाबजारी हेर्नुस् । यसलाई नियमन गर्ने संयन्त्र वा निकाय नेपालमा छैन कि क्या हो रु साधारण भाडादर भन्दा लगभग ३ गुणा बढी रकम तिर्न बाध्य बनाएको छ ।’, सामाजिक सञ्जालमा अशोक गोलेले लेखेका छन् । 

त्यस्तै अर्का एक प्रयोगकर्ता सुवास थापा राइड सेयरिङका नाममा आफूखुसी लुट मच्याउनेहरुको सरकारले अनुगमन गरी कारबाही गर्नुपर्ने भन्दै फेसबुकमार्फत माग गरेका छन् । अनलाइन सेवा निष्कृय पारेर अफलाइनमा लुट मच्चाइएको उनको आरोप छ ।    

‘आपतविपत, चाडवाडमा पठाओमा अनलाइन रिजेक्ट गर्ने अनि इन्ड्राइभ जस्ता एपमा राइड सेयरिङको नाममा आफूखुसी लुट मच्याउनेहरुको अनुगमन गरि कारबाही गर्न अत्यन्तै जरुरी छ,’ थापाले लेखेका छन् । 


यकिन तथ्याङ्क नभए पनि दैनिक हजारौँको संख्यामा यात्रुहरुलाई सेवा प्रवाह गर्ने इन्ड्राइभमा चाडको बेला ठगिएको गुनासो एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । तर, नियमनकारी सरकारी निकाय यस प्रकरणमा मौन छन् भने राइड सेयरिङ सेवा प्रदायक कम्पनी आफ्नो ठगी धन्दाको बचाउमा लागेका छन् । 

पछिल्लो समय राइड सेयरिङ कम्पनीहरुले प्रविधिको प्रयोग गरि मोलमोलाई गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ । 

चाडवाडको समयमा रकम बढाउने मात्रै नभएर त्यस्ता प्लेटफर्मका नाममा बाटो छेकेर मोल्मोलाई गर्ने, अनलाइनमा जथाभावी मूल्य बढाउने, भनेको समयमा राइड नपाउने जस्ता लापरवाही भएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । 

‘पहिले पहिले व्यापारीहरुले मोलमोलाई गर्थे अहिले राइड सेयरिङका नाममा त्यस्तै भएको देख्छु,’ तिमिल्सिना भन्छन्, ‘प्रविधिको प्रयोग गरेर अपराध बढेको छ । मनलाग्दी बढेको छ । नियमन गर्ने निकाय मौन छ ।’

जनतालाई सेवा सुविधा दिने भन्दै आएका प्लेटफर्मले मानवीय संवेदनामाथि खेलवाड गरेको उनी बताउँछन् । तिमिल्सिना भन्छन्, ‘सामान्य अवस्थामा सार्वजनिक सवारी साधन पाइन्छ । राइड सेयरिङ भनेकै आपतको समयमा चाहिने हो तर त्यहि समयमा राइड नदिने, पैसा बढाउने । यो गलत हो । कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ 

विद्यमान कानुन अनुसार राइड सेयरिङ सेवा प्रदेश सरकारलाई दिएको छ । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ अनुसार प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको नियमन गर्ने जिम्मेवारी प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालय रहन्छ । तर, यो मन्त्रालयलाई जनताको सास्ती र हैरानीको कुनै मलब छैन् । जनता ठगिको विषयमा हालसम्म मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन् । एमालेकातर्फबाट मन्त्री बनेका प्रदेश यातायात मन्त्री प्रेमभक्त महर्जन फोन सम्पर्कमा आउन चाहेनन् भने मन्त्रालयका सचिव बलारम निरौला र सूचना अधिकारी फोन स्वीच्ड अफ गरेर बसेका छन् । 

इन्ड्राइभले लुट मच्याएको भन्दै प्रयोगकर्ताहरु सामाजिक सञ्जालमा आक्रोशित भएपछि इन्ड्राइभले गल्ती भएको स्वीकार गरेको छ । उसले  फेसबुक स्टोरीमा सानो नोट लेखेर आफ्नोतर्फबाट गल्ती भएको भनेर औपचारिकता पुरा गरेको छ तर ठगिएको उभापोक्ताको रकम कसरी फिर्ता हुन्छ भनेर केही बोलिएको छैन् । 

‘हाम्रो एपमा भाडा मूल्य निर्धारणको विषयलाई लिएर प्रयोगकर्ताहरुले अनुभव गरेको मुद्दाको लागि हामी ईमानदारीपूर्वक क्षमा चाहन्छौं । यो अब पूर्ण रूपमा समाधान भएको छ,’ स्टोरीमा लेखिएको छ, ‘यसले गर्दा भएको कुनै पनि असुविधाप्रति हामी क्षमाप्रार्थी छौं र तपाईंको धैर्यता र समझदारीको कदर गर्दछौं । हामी तपाईंलाई पारदर्शी र निष्पक्ष मूल्य प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ ।’

प्रयोगकर्ताहरुलाई समस्या भएकोमा माफी मागेको कम्पनीले आफूले लिएको तेब्बर बढी मूल्य भने फिर्ता गर्ने नगर्ने कुनै ठोस जानकारी दिएको छैन ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...