नेभिगेशन
सबै कुरा

नेपालगञ्ज कसरी होला शान्त ? के भन्छन् अगुवाहरू ?

बाँके : सामाजिक सञ्जालको एउटा स्टाटसलाई लिएर सुरु भएको विवादका कारण नेपालगञ्जमा स्थानीय प्रशासनले मङ्गलबारदेखि कर्फ्यु लगाएको छ ।

पहिलो दिनको तुलनामा शुक्रवार नेपालगञ्ज शान्त भयो । सुरक्षा अधिकारीहरूले हिंसा र तोडफोडका घटना हुन नदिन सबै प्रयास गरिरहेको जनाएको छ ।

Dish Home
Global Ime Bank

गत आइतबार मुस्लिम समुदायले आफ्नो धार्मिक आस्थामा चोट पुर्याउने गरी कुनै व्यक्तिले सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै विरोध जनाएको थियो । विरोधपछि ती युवाले स्टाटस हटाउँदै माफीसमेत मागेका थिए ।


तर मुस्लिम समुदायले विरोध जनाउने क्रममा हिन्दु समुदायलाई लक्षित गरी गालीगलौज गरेपछि मंगलबार ओमकार समुदायको अगुवाइमा र्याली भएको थियो । र्यालीमाथि ढुंगा प्रहार भएपछि धार्मिक सद्भाव भड्किएको हो ।

हिन्दु समुदायले आइतबार भएको मुस्लिम समुदायको प्रदर्शनको जवाफ दिन मंगलबार र्याली कालेको थियो । हल्लैहल्लाको पछि लागेर विरोधमा उत्रिँदा दुई सम्प्रदायबीचको सद्भाव दूरी बढ्न गएको देखिन्छ ।

यही विषयमा सोमबार मात्रै जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षीय र सर्वदलीय बैठक बसेर सामाजिक सद्भाव र भाइचारा कायम गर्नुका साथै मंगलबार बिहान नेपालगन्जमा सद्भाव र्याली निकालिएको थियो ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले भने ‘विगतमा हाम्रा अघि जे जस्ता घटनाहरू घटे, मानवीय क्षति समेत हामीले देखेका छौँ ।अहिले पनि उस्तै प्रकृतिका द्वन्द्व निम्ताउने कामहरू भइरहेका छन् , सम्पुर्ण नेपालगञ्ज बासीलाई सामाजिक सदभाव कायम गर्न र भाइ चाराको सम्‍बन्ध कायम गर्नुपर्छ’।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख करुद्रिन राईले जे नहुन पर्ने घटना भैसकेकाले यसको समाधानका लागि नेपालगञ्जवासी संयमित हुनु पर्ने बताउँछन् । उपप्रमुख राईले भने हामी एक आपसमा मिलेर बस्दाको शहर र एकआपसमा लडेर बस्दाको शहर धेरै फरक हुने रहेछ, दुबै समुदायले एकअर्कालाई सम्मान गरि सद्भाव बाँड्नुको विकल्प छैन ।

राईले थपे, धार्मिक विवादले दुबै पक्षलाई फाइद नगर्ने भएकाले सबैले सामाजिक सञ्जालमा संयमित भएर प्रस्तुत हुनु पर्छ । उपप्रमुख राईले भने नेपालगञ्जमा धेरै वर्ष देखि मिलेर बस्दै आएका नेपाली दाजुभाइ दिदिबहिनी, हिन्दु मुस्लिम सबै एक आपसमा मिलेर बस्न चाहन्छन् र यसको लागि एक आपसमा मिलेर बस्नु बाहेक अरु कुनै उपाय छैन ।


नेपालगञ्जका अब्दुल वाहिद मन्सुरी इस्लाम धर्ममा आस्था राख्छन् । तर, उनी हरेक वर्ष हिन्दु धर्मावलम्बीका महान् चाडपर्व दसैँ र तिहार धुमधामका साथ मनाउँछन् । नेपालगञ्ज धम्बोझी निवासी पुनम सिंहसँग उनले भाइटीका लगाउन थालेको २० वर्ष बितिसकेको छ ।

दसैँतिहारमा पनि उनी टीका थाप्न हिन्दु धर्मका आफन्त र इष्टमित्रकहाँ पुग्छन् । ‘बहिनीसँग मैले हरेक वर्ष भाइटीका लगाउँछु, हाम्रो पारिवारिक सम्बन्ध राम्रो छ,’ नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका मन्सुरीले भने,  ‘दसैँमा पनि आफन्त र इष्टमित्रकहाँ पुगेर टीका थाप्ने र आशीर्वाद लिने गर्छु ।’ ‘दसैँतिहारमा टीका थाप्न म उहाँहरूको घरमा जान्छु, इदमाचाहिँ मेरो घरमा आउनुहुन्छ,’ मन्सुरीले भने । आफूहरूबीच जोडिएको नाता र सम्बन्ध निकै प्रगाढ भएको मन्सुरीले बताए । ‘यस पटकको दशैँमा त मैले अछामसम्म पुग्ने सोच बनाएको छु, त्यहाँ पनि मेरा आफन्त र इष्टमित्र हुनुहुन्छ, इस्लाम धर्ममा मेरो आस्था रहे पनि हिन्दुहरूको चाडपर्वलाई उत्तिकै सम्मान र मन पराउँछु,’ उनले भने ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका छन्ः प्रधानमन्त्री ओली

देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका छन्ः प्रधानमन्त्री ओली

हिजोसम्म आगो नै बाल्न खोजेका थिए, शेबहादुरजी फर्केर आउनेबित्तिकै सरकार ढल्छ भनेर, विमानस्थलमा ओर्लिनेबित्तिकै ढल्छ कि जस्तो पारेका थिए, ढल्यो ढल्यो, बांगिसकेको छ, शेरबहादुरजी आउनेबित्तिकै ढलिहाल्छ।’
राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसक्योः प्रचण्ड

राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसक्योः प्रचण्ड

शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रबादी सफल भएको बताएका हुन्...
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड  बढीको क्षति 

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड  बढीको क्षति 

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी भएको अस्पतालले जनाएको छ ।
सुन्दर पर्यटकीय गाउँ घान्द्रुक (तस्विरहरु)

सुन्दर पर्यटकीय गाउँ घान्द्रुक (तस्विरहरु)

लमजुङको बेसीसहर, मनाङको ताल, चामे, मनाङ थोरङला भन्ज्याङ्ग पास गरेर मुत्तीनाथ, जोमसोम तातोपानी, घोरेपानी, घान्द्रुक हुँदै २१ दिनमा मात्र पर्यटक पोखरा आइपुग्थे । सडकको कारण २१ दिनको चक्रिय...