नेभिगेशन
पैसाका कुरा

रिलायन्स स्पिनिङ मिल्सको नाफा साढे ८ करोड माथि

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असार मसान्तमा कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ । त्यस्तैकम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख रुपियाँ कुल नाफा कमाएको छ । कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपियाँ रसञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपियाँ र वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपियाँ रहेको छ। १ अर्ब ७० करोड ७३ लाख ४०हजार रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपैयाँ छ । 

Ncell
Extreme Energy

नेपाल विद्युत प्राधिकरणले पटक पटक विद्युतको लाइन काट्दा गत बर्ष घटेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वित्तीय विवरणमा यस बर्ष भने सुधार आएको छ । गत बर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २.९७ रुपैयाँमा झरेकोमा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा त्यसमानिकै सुधार भएर १९.९५ रुपैयाँ पुगेको छ । रिलायन्स स्पिनिङ मिल्स देशको ठूलो एक निर्यातमूलक उद्योग हो । विद्युतको प्रिमियम महशुल नतिरेको भन्दै आलोचना र उजुरी गरेर उसले बुक बिल्डिङ विधिबाट सर्वसाधारणको लागि निष्काशन गर्न लागेको आईपीओ रोकिएको थियो । 

भारतदेखि टर्कीसम्म बार्षिक अर्बौं रुपियाँको धागो निर्यात गर्दै पटक पटक उत्कृष्ट निर्यातकर्ताको रुपमा समेत सम्मानित भएको यस उद्योगविरुद्ध पछिल्लो समयमा धेरै मुद्दा र उजुरी गरेर विवादमा ल्याउँदा उद्योगको अन्तर्राष्ट्रिय छवीमा समेत असर परेको उद्योगले जनाएको छ । यद्यपिअहिले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नेसम्वन्धमा उच्च अदालत पाटन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपालधितोपत्र बोर्डबाट ‘क्लिन चिट’ पाइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध...
हेटौँडा कपडा उद्योग : साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

हेटौँडा कपडा उद्योग : साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देख्नुभएको दृश्य...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...