नेभिगेशन
सबै कुरा

‘सत्तामा रहने होडबाजीले सङ्क्रमणकालीन न्याय प्रभावित बन्यो’

काठमाडौँ । नेपाल सरकार र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ । शान्ति सम्झौताकै आधारमा मुलुक संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेसँगै संघ, प्रदेश र स्थानीय तहमा दुईपटक निर्वाचन भई मुलुक विकास तथा समृद्धिको यात्रामा अघि बढिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्झौतामा ६ महिनाभित्र टुंग्याउने भनिएको संक्रमणकालीन न्यायसम्बन्धी विषय भने अझै निष्कर्षमा पुग्न सकेका छैनन् । संक्रमणकालीन न्याय विषय टुंगोमा नपुग्दासम्म सरकार र राजनीतिकलाई शान्ति सम्झौता कार्यान्वयन र संक्रमणकालीन न्याय कार्यान्वयनमा इमान्दार किन नभएको भन्ने प्रश्नको निरन्तर सामना गरिरहनु परेको भने पीडितले न्याय र परिपूरण प्राप्त गर्न सकेका छैनन् । 

Ncell
Extreme Energy

पछिल्लो समय दलहरुकै सहमति र सक्रियतामा संक्रमणकालीन न्यायसम्बन्धी ऐन पारित भई सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन काम अघि बढिरहेको छ ।

‘शान्ति सम्झौता ऐतिहासिक परिघटना’:  जनार्दन शर्मा, उपमहासचिव, नेकपा (माओवादी केन्द्र)

शान्ति सम्झौता नयाँ ऐतिहासिक परिघटना थियो । त्यसले राजतन्त्रको अन्त्य गरी गणतन्त्रतर्फ अघि बढ्ने समझदारी गरेको थियो । दलहरुबीच स्वस्थ्य प्रतिस्पर्धा आवश्यक भए पनि राष्ट्र निर्माण र सामन्तवादको उत्पीडितनमा परेका जनतालाई मुक्ति दिने, सामाजिक न्याय स्थापना गर्ने तथा आर्थिक विकासका माध्यमबाट नेपाललाई बलियो बनाउन त्यो सहमति भएको थियो । 

यसबीचमा राजनीतिक दलहरुले सहमति र सहकार्यको सट्टा एकअर्कालाई छक्याउने र सत्तामा बसिरहने नीति लिए । त्यसले राजनीतिक स्थायित्व हुन सकेन । राजनीतिक दलहरुबीच सहकार्य गरी राजनीतिक स्थायित्व दिने सोच र जिम्मेवारी नेताहरुमा देखिएन । यसबाट राजनीतिक अस्थिरता आयो यद्यपि, शान्ति सम्झौता राष्ट्रलाई समृद्धि गर्ने आयाम थियो । 

शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्यायलगायत जनजीविकाका मुद्दामा काम गर्नुपर्नेमा यसबीचमा भूलभूत कमजोरी रह्यो । त्यसलाई सच्याएर राष्ट्रिय ‘एजेन्डा’ बनाएर सहमतिका आधारमा राजनीतिक स्थायित्व हुनेगरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । शान्ति प्रक्रियामा जसरी आइयो, त्यसका आधारमा रोजगारी, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार गरी राष्ट्रिय सहमतिका साथ राजनीतिक दल अघि बढ्नुपर्छ । 

नेपालको सामन्तवादको विरुद्ध भएको विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन सबै राजनीतिक दलहरुबीच बनेको समझदारी आधारमा विस्तृत शान्ति सम्झौता भएको पक्षलाई हामी कसैले बिर्सन हुन्न । शान्ति सम्झौतापछि सेना समायोजन र संविधान निर्माणको महत्वपूर्ण कार्य सम्पन्न भयो । 

शान्ति सम्झौताका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन जस्ता काम तत्काल टुंग्याउनुपथ्र्यो त्यो अझैसम्म हुन सकेन । पीडितलाई न्याय, परिपूरण र व्यवस्थापन गर्न नसक्दा पीडितका हामीलाई यस विषयमा अझै प्रश्न बाँकी छ । पछिल्लो समय सोसम्बन्धी कानुन बनेर आयोग गठनका प्रक्रिया अघि बढेको छ । 

शान्ति सम्झौताको मूल उद्देश्य संविधान निर्माण हो । संविधानले राज्य, विभिन्न संस्था र राजनीतिक दलभित्र लोकतान्त्रिक अभ्यासको परिकल्पना गरेको छ, तर त्यो मर्मअनुसार राजनीतिक दल र सरकार त्यसखालको अभ्यासतिर भन्दा कसरी हुन्छ, आफ्नो नेतृत्व स्थापित गर्ने र सर्वेसर्वा बन्ने सोच राखेको देखियो । राजनीतिक दलका नेता र सरकार संविधानप्रति इमान्दार भएनन् । 

संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेशलाई दिनुपर्ने प्रहरी भर्ना अधिकार अहिलेसम्म दिइएन । निजामती ऐनलगायत संघीयता कार्यान्वनयका लागि आवश्यक कानुन अझै निर्माण गरिएन । भाषा, संस्कृति, आर्थिक अवस्थाका आधारमा अल्पसंख्यलाई स्वायत्तता दिन संविधानमा व्यवस्था भएका स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र तोकिएन । यसको चर्चा पनि छैन ।

‘संक्रमणकालीन न्यायलाई चाँडो टुंग्याउनुपर्छ’: अशोककुमार राई, अध्यक्ष, जनता समाजवादी पार्टी

विस्तृत शान्ति सम्झौता नभएको भए गणतन्त्र, संविधानसभा, संविधान र संघीयता हुन्थेन । पुरानोबाट नयाँ व्यवस्थामा हामी आएको शान्ति सम्झौता भएर नै हो । संक्रमणकालीन न्यायसम्बन्धी विषय समयमा टुंग्याउन नसक्दा अहिले हात्ती छिर्यो पुच्छर अड्क्यो जस्तो भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी काम पूरा भएपछि शान्ति सम्झौता औपचारिक हिसाबमा टुंगिन्छ । 

अनौपचारिक रुपमा समाजको मेलमिलाप, शान्तिसम्बन्धी प्रक्रिया विस्तारै टुंगिदै जान्छ । शान्ति सम्झौताका बाँकी काम समयमै सम्पन्न नहुनुमा राजनीतिक दल, नेता र हामी सबैको कामजोरी हो । अब हामी राजनीतिक दलका नेता र सरकार सञ्चालक जिम्मेवार भएर अघि बढ्न सक्नुपर्छ । 

संक्रमणकालीन न्यायसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा जिम्मेवार बन्नुपर्छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा विषयविज्ञको नियुक्ति हुनुपर्छ र छिटो निष्कर्षमा पुर्याउन सक्नुपर्छ । 

‘सम्झौता कार्यान्वयनमा दलहरु इमान्दार हुनुपर्छ’: उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी नेपाल

शान्ति सम्झौता र अहिलेसम्म भएका अरु सम्झौताहरुको पनि आंशिक रुपमा मात्रै कार्यान्वयन भएको छ । हालसम्म इमान्दारितापूर्वक त्यो बाटोमा मुलुक गएन । त्यसैले संक्रमणकालीन न्यायका मुद्दा अधुरै छन् । शान्ति प्रक्रियाका मूल मर्महरु मेलमिलापलगायत विषय अझै पनि कागजमै सीमित छ । 

व्यवहारमा लागू हुन सकेका छैनन्, तर पनि मुलुकमा त्यस बेलाको द्वन्द्व भने अन्त्य भएको छ, यसलाई पनि उपलब्धि नै मान्नुपर्छ । मुलुकमा संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतालगायत उपलब्धि वितगका संघर्षका देन हुन् । 

शान्ति सम्झौता भएको १८ वर्षसम्म पीडितले न्याय पाउन नसक्नु भनेको अन्याय नै हो । सङ्क्रमणकालीन आयोगसम्बन्धी कानुन बनेका छन् । पीडितलाई न्याय दिनेमा चाँडो लाग्नुपर्छ । 

‘द्वन्द्वको पुनरावृत्ति नहुने गरी काम गरौं’:  शेखर सिंह, नेता, लोकतान्त्रिक समाजवादी पार्टी

अठार वर्षअघिको विस्तृत शान्ति सम्झौता मुलुकमा त्यस बेलाको द्वन्द्व अवतरणका लागि उपयुक्त निर्णय थियो । सम्झौताको लक्ष्यअनुसार काम भएका छैनन् । शान्ति सम्झौताको मर्मका आधारमा युद्धमा संलग्न पक्ष राष्ट्रिय राजनीतिको मूलधारमा आयो, त्यो एउटा ठूलो उपलब्धि हो । त्यससँगै पीडितले पनि सँगसँगै न्याय पाउनुपथ्र्यो, त्यो हुन नसक्नु विडम्बना हो । विगतको जस्तो द्वन्द्वको पुनरावृत्ति हुनुहुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था शान्ति सम्झौताको उपलब्धि हुन् । 

(सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विसं २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्याय किन अल्झनमा पर्यो भन्ने विषयमा राससले उनीरुसँग गरेको कुराकानीमा आधारित सम्पादिन अंश)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
सानेपामा कांग्रेसका निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण (तस्बिरहरु)

सानेपामा कांग्रेसका निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण (तस्बिरहरु)

सभापति गगनकुमार थापाले प्रशिक्षणको उद्घाटन गर्दै पार्टीका असन्तुष्ट नेताहरुसँग सहमतिको प्रयास भइरहेको बताए ।
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

उनका अनुसार इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद गरिए पनि हालसम्म आवश्यक भवन निर्माण हुन सकेको छैन ।...