नेभिगेशन
सबै कुरा

रास्वपा नेताहरुलाई अवहेलना मुद्दा हाल्ने अधिवक्तालाई नै सर्वोच्चले सोध्यो स्पष्टिकरण

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुलाई मुद्दा हाल्ने अधिवक्तालाई नै स्पष्टिकरण सोधेको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासमा प्रारम्भिक सुनुवाइपछि थप प्रमाण पेश गर्न निवेदकलाई आदेश दिइएको हो ।

सर्वोच्च प्रशासनका अनुसार अदालतको अवहेलना भयो भन्ने पर्याप्त आधार र कारण नखुलेपछि निवदेकसँगै स्पष्टीकरण माग्ने आदेश भएको हो । 

Dish home
City Express

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अदालती कारबाहीविरुद्ध आन्दोलन गरी न्याय प्रक्रियामा अवरोध गर्न खोजेको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा दायर भएको थियो । अधिवक्ता अनुपम भट्टराईले रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियार लगायत नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।  

भट्टराईले हालेको रिट कात्तिक १४ गते सर्वोच्च प्रशासन दर्ता अस्वीकार गर्दै दरपिठ गरेको थियो । त्यसपछि भट्टराईले इजलासमा निवेदन दिएपछि अदालतले दरपिठ बदर गरी मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम...
एमालेको युवा संघले काठमाडौँमा मोटरसाईकल र्याली गर्न नपाउने

एमालेको युवा संघले काठमाडौँमा मोटरसाईकल र्याली गर्न नपाउने

नेकपा एमालेनिकट युवा संघले काठमाडौँमा मोटरसाइकल र्याली निकाल्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको...
दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

“न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः००...
नारायणकाजी श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

नारायणकाजी श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

सो निवेदनउपर सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले वरिष्ठ उपाध्यक्ष श्रेष्ठसँग लिखित जवाफ मागेको हो ।