नेभिगेशन
समाज

हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत पूर्वाधारमा क्षति पुग्दा १० प्रतिशत विद्युत प्रणाली बाहिर गएर राष्ट्रिय प्रसारण लाइनमा चाप परेको बताए । चापका बीच विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनमा सन्तुलिन बनाइरहेको भन्दै मन्त्री श्रेष्ठले हिउँदमा आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताए । 

Marvel
Extreme Energy

'अब जोडिने प्रसारण लाइन के कस्तो छ, अरु ठाउँमा पनि सम्भावित हिसाबले जोखिम छ, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने छलफल भएको छ । तैपनि जाँडो महिनामा पनि अहिलेजस्तै विद्युत आपूर्तिलाई सन्तुलित राख्नमा हाम्रो वर्कआउटहरु गरिरहेका छौं । आशा गरौ अहिले अब प्रसारण लाइनमा जोडिने लगायत आपूर्ति सन्तुलित हुनेछ,' उनले भने ।  

प्रसारण लाइनबाट बाहिर गएकाले केही असहज हुन्छ कि भनेर चिन्ता व्यक्त गर्दै मन्त्री श्रेष्ठले त्यसमा वर्कआउट भइरहेको बताए । 'जाडो महिनामा माग धेरै हुँदो रहेछ । खासगरी दुई महिनामा त्यो हुन्छ । त्यसको वर्कआउटहरु भइरहेको छ,' उनले भने ।  

मन्त्री श्रेष्ठले नुवाकोटमा बाढीको २४ घण्टाभित्र विद्युत जोडिएको र रसुवामा पनि हालै विद्युतीकरण भएको जानकारी दिँदै अब आउने सुख्खायाममा कसरी व्यवस्थापन गर्ने भनेर प्राविधिक हिसाबले तयारी भइरहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...