नेभिगेशन
सबै कुरा

प्रहरी स्रोत भन्दै रविबारे भ्रामक समाचार आएपछि कास्की प्रहरीले भन्यो, ‘आधिकारिक स्रोतबिना आएका समचारमा ध्यानाकर्षण भएको छ’

पोखरा । रास्वपा सभापति रवि लामिछानेबारे कास्की जिल्ला प्रहरीले अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई स्रोतको रुपमा उद्यृत गर्दै सार्वजनिक भएका समाचारहरुमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । जिल्ला प्रहरी कार्यालयले अपराध अनुसन्धान तथा कारबाही जस्तो विषयमा संवेदनशिल भई सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेको छ । बुुधबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालयले यस्तो बताएको हो । 

‘विज्ञप्तीमा भनिएको छ, सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने सूचना प्रवाह गरिने छैन भन्ने प्रावधान अन्तर्गत गोपनियता कायम राख्नुपर्ने विषयहरुमा समेत केही सञ्चार माध्यममा अनुसान्धानको क्रममा रहेका विषयबस्तुहरुमा समाचार बनाउनको लागि यस जिल्ला प्रहरी कार्यालय, कास्कीले कुनै पनि आधिकारिक र औपचारिक स्रोत बिना नै यस कार्यालय र अनुसन्धानमा खटिएका अधिकृत भनी स्रोतको रुपमा उद्यृत गर्दै गरिएको समाचार सम्प्रेषणप्रति कार्यालयको ध्यानाकर्षण भएको छ ।’

CG

कात्तिक २ गतेदेखि रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । त्यसपछि कास्की प्रहरीलाई स्रोत उल्लेख गर्दै बिभिन्न सञ्चारमाध्यममा बिभिन्न समचार आएपछि कास्की प्रहरीले यस्तो विज्ञप्ती निकालेको बुझिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सचापति रवि लामिछानेसँग सम्बन्धीत मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो...
सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्‍याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो ।
एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

लामिछानेसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलास र पाटन उच्च अदालतमा एकै दिन पेसी चढेको हो । बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै...
रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुुल मुद्दाको मिसिल प्रमाण झिकाउने आदेश भएको रविकातर्फबाट कानुनी पैरवी गरिरहेका अधिवत्ता डा. नारायणदत्त कंडेलले जानकारी...