नेभिगेशन
सबै कुरा

फ्रान्सस्थित नेपाली दुतावासले नविकरण भएका राहदानी नदिँदा पोर्चुगलका हजारौँ नेपाली समस्यामा

फ्रान्सस्थित नेपाली राजदूतावासले नवीकरण गरिएका हजारौँ पासपोर्ट वितरण नगरिदिँदा पोर्चुगलमा रहेका नेपाली समस्यामा परेका छन् । 


CG

फ्रान्सस्थित नेपाली राजदूतावासले गत अगस्ट २ देखि १३ सम्म पोर्चुगलको राजधानी लिस्बनमा गएर घुम्ती शिविर सञ्चालन गर्यो । वर्षौँदेखि म्याद गुज्रिएका र हराएका पासपोर्टहरू नवीकरण गर्नका लागि सञ्चालन गरिएको सो घुम्तीमार्फत ४ हजार बढी नेपालीले सेवा लिए । उनीहरूले आफ्नो राहदानी नवीकरण गर्न दुतावासको जिम्मा लगाए । 

लामो समयदेखि पोर्चुगलमा रहेका रेशम लाल ढकालले सोही शिविरमा गएर आफ्नो राहदानी नवीकरण गर्न दुतावासको जिम्मा लगाए । पोर्चुगलमा नेपाल सरकारका कुनै पनि वैधानिक निकाय नभएका कारण तनावमा रहेका रेशमलगायत अन्य नेपालीलाई सहज बनाइदिएको थियो । 

पासपोर्ट जिम्मा लिएर गएको दुतावासले करिब २ महिनापछि अर्थात अक्टोबर ३० तारिखका दिन घुम्ती शिविरबाट सङ्कलन  गरिएका पासपोर्ट नवीकरण भयो भन्ने सूचना जारी गर्यो । 

त्यस्तै, नवीकरण भएर दुतावासमा जम्मा भएका पासपोर्टको नामावली समेत सार्वजनिक गर्यो । जहाँ रेशम लाल ढकालको समेत नाम छ । तर, नवीकरण भएर दुतावासमा रहेको आफ्नो राहदानी उनले एक महिना बित्दासमेत पाएका छैनन् ।

पासपोर्ट नवीकरण भयो भनेर दुतावासले सार्वजनिक गरेको सूचनामा आफूलाई पायक पर्ने ठेगानामा कुरियरमार्फत राहदानी लिन सक्ने जनाइएको थियो । सोहीबमोजिम ढकालले कुरिअर बुक समेत गरे । तर, एक महिना बित्यो अझै राहदानी पाएनन् । 

लामो समयदेखि राहदानीवीहिन भएपछि यतिबेला उनलाई पोर्चुगलमा काम गर्न समस्या पर्न थालेको छ । अझ यतिबेला लामो समयपछि पोर्चुगलले अस्थाई निवास कार्ड वितरण गर्नका लागि आवेदन खुलाएको छ । सोहीबमोजिम फर्म भरेका उनको बायोमेट्रिक गर्ने मिति नजिकिँदै छ । तर, आफूसँग राहदानी नभएपछि आफूले सो अवसर गुमाउने अवस्थामा पुगेको उनी बताउँछन् ।

सरकारी निकायको हेलचेक्रयाईंका कारण आफूहरूले लामो समयपछि पाउन लागेको सुविधासमेत गुमाउनुपर्ने अवस्था बनेको उनी बताउँछन् । 

रेशमले झैँ पोर्चुगलमै कार्यरत रमेश पुन मगरले पनि राहदानी वितरण गर्न दुतावासको जिम्मा लगाएका थिए । उनको समेत राहदानी नवीकरण भएको भन्दै नामावली सार्वजनिक भयो । सोही अनुरूप उनले टीआरसी अर्थात अस्थायी निवास पत्रका लागि माग फारम भरे । नोभेम्बर २९ तारिखमा उनको बायोमेट्रिक गर्नुपर्ने थियो तर दुतावासले राहदानी पठाएन । जसले गर्दा उनले पोर्चुगल सरकारबाट पाउने सो सुविधा नपाउने निश्चित भएको छ । 

अस्थायी निवास पत्रमात्र हैन राहदानी नहुँदा उनलाई पोर्चुगलमा काम गर्न समेत मुस्किल पर्न थालेको छ । आफूहरुको राहदानी नभएपछि समस्या परेको तर दुतावासलाई सम्पर्क गर्दा रेस्पोन्स नआउने गरेको उनको दुखेसो छ । 

रेशम र रमेश मात्र हैन, फ्रान्सस्थित नेपाली दुतावासको लापरबाहीले अहिले हकजारौँ नेपाली समस्यामा छन् । विगतमा पोर्चुगलमा रहेको कन्सुलर सेवा बन्द गरिएपछि फ्रान्सको दुतावासले राहदानी नवीकरण गर्न भन्दै राहदानी लगेको तर नवीकरण गरेर फिर्ता नदिएको भन्दै नेपालीहरु आक्रोशित छन् । 

आफूहरूले दुतावासमा सम्पर्क गर्दा हतपत रेस्पोन्स नगर्ने, गरेपनि बजेट छैन, कर्मचारी अभाव छ भन्ने गैरजिम्मेवार जवाफ पाउने गरेको उनीहरु बताउँछन् । बजेट नभए बरु आफूहरु पैसा उठाएर दिने तर आफूहरुको पासपोर्ट जिम्मा लगाइदिन उनीहरुको अनुरोध छ । 

तर, फ्रान्सस्थित नेपाली दूतावास भने जनशक्ति अभावलाई देखाएर पन्छिन्छ । अहिले फ्रान्सका लागि नेपाली राजदूत सुधिर भट्टराई छन् । उनको कामलाई लिएर नेपालीहरु असन्तुष्ट छन् । झण्डै ४ हजार नेपालीहरु राहदानी नपाएर हैरानी खेपिरहँदा दूतावासको भने फोन समेत उठ्दैन । राहदानी रोक्ने कुनै उद्येश्य नभए पनि पठाउन समस्या भएको दूतावासका प्रथम सेक्रेटरी दिपेन्द्र साहले बताए । 

‘राहदानी बनेको छ तर पठाउन सकिएको छैन,’ शाहले भने,‘दूतावासमा काम गर्ने कर्मचारी देखि बजेट लगायतका समस्या झेलिरहेका छौँ ।’ उनले सरकारी निकायबीच समन्वय गरेर पासपोर्ट वितरण गर्ने दाबी पनि गरे ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

अधिवक्ता कंडेलकाअनुसार अब उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देही पठाउनुपर्छ । उक्त आदेश जिल्ला अदालतले नख्खु कारागार पठाउनु पर्छ । त्यसपछि नख्खुु कारागारले लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पेश...
इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

‘मिलापत्रको कागज र अदालतमा बयान गरेपछि देवकुमारको सम्पत्ति बिक्री गरेर पैसा फिर्ता पाइन्छ भनियो,’ राजभण्डारी भन्छन्, ‘जब पैसा पाएको लिखत तमसुक र अदालतमा बयान सकियो । देवकुमारविरुद्ध सम्पत्ति...