नेभिगेशन
सबै कुरा

नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगतै पक्राउः अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यानकाे अभियोग

सप्तरी ।  डाक्नेश्वरी नगरपालिका वडा नं। १ का नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगत्तै पक्राउ परेका छन् । सपथ ग्रहणपछि पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका धीरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । 

तीन वर्ष अघि सोही वडाकी १९ वर्षिया एक युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा साहको समेत संलग्नता रहेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गरेको थियो । सोही अभियोगमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

यही मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जनता समाजवादी पार्टी ९जसपा० नेपालका तर्फबाट निर्वाचित भएका थिए । प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले नवनिर्वाचित वडाध्यक्ष साह उपर अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

 प्रहरीका अनुसार साह र अन्य केही प्रतिवादीविरुद्ध २०७९ साल साउन १७ गते अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तव्य ज्यान लगायतका अपराध गरेकोे उजुरी परेको छ । साह सहितका व्यक्तिविरुद्ध २०७९ साल साउन १९ गते पीडित परिवारद्वारा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यसयता साह फरार भएका थिए । 

विसं २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । साथै गत साउन १४ गते पनि इलाका प्रहरी कार्यालय कल्याणपुरमा उक्त मुद्दा दर्ता भएको र गत साउन १५ गते साहसहितका प्रतिवादीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

प्रहरीले खोजतलास गरिरहेको र पक्राउ पर्न सक्ने आकलन गर्दै साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । विसं २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसका प्रितमलाल चौधरीको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...