नेभिगेशन
सबै कुरा

सङ्गठन निर्माणमा रास्वपाः आज पाँच जिल्लामा भेला

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा  आयोजना भएको जिल्ला भेलामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय नेताहरु समेत सहभागी हुने कार्यक्रम छ । भेलाले पार्टीको संशोधित विधानको साङ्गठनिक संरचनाअनुसार जिल्ला समिति गठन, सङ्गठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदहरूको पदपूर्ति गर्ने उनको भनाइ छ ।

Ncell
Extreme Energy

यस्तै, जिल्लाभित्रका निर्वाचन क्षेत्र, पालिका, वडा सङ्गठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि जिल्ला भेला आयोजना गरिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

उनले पार्टीको केन्द्रीय सङ्गठन विभाग, प्रदेश सङ्गठन विभाग र जिल्ला सभापतिको समन्वयमा जिल्ला भेलाको आवश्यक तयारी मिति तोक्ने र जिल्ला भेला आयोजना गर्ने काम भइरहेको बताए । रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः  शशांक कोइराला

गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।

भर्खरै