नेभिगेशन
सबै कुरा

होसियार: काठमाडौँका ८५ वटा मःम पसलको अनुगमन गर्दा ७५ वटा फोहोर भेटिए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ । गएको कार्तिक २९ गतेदेखि महानगरपालिकाका फुड टेक्नोलजिस्ट, माइक्रोवायोलोजिष्ट सहितको टोलीले अहिलेसम्म अनुगमन गरेका ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ ।सुन्धारा, न्युरोड ,मखन, त्यौड,  कलमपोखरी क्षेत्रका ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा (२१.१८%) व्यवसाय दर्ता नै भएका छैनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिवेदनमा ममको किमा बनाउन प्रयोग गरिने मेसिन, मसला राख्ने भाँडा, पकाउने भाँडा फोहोर राखिएको उल्लेख गरिएको छ । 

Ncell
Extreme Energy

प्रतिवेदन अनुसार उनीहरूले दैनिक रुपमा प्रयोग गर्ने एप्रोन निकै फोहोर भेटिएको छ भने भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेको पाइएको छ । प्रतिवेदन अनुसार अधिकांस मम पसलमा मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको छ । साथै मसला राख्ने भाँडानै निकै फोहोर भेटिएका छन् भने पकाएका खानेकुरा खुल्ला राख्ने गरेको पाइएको छ । यस्तै डस्टबिनको उचित प्रयोग नगरिएको, भुँईमा पानी जमेर फोहोर भएको, पकाएको र नपकाएको खाना सँगै राख्ने गरिएका भेटिएको  उल्लेख गरिएको छ । 

यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रूपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् । सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरुलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको काठमाडौँ महानगरले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले...
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...