नेभिगेशन
सबै कुरा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमाः देउवा र प्रचण्डलाई भेट्ने, ओलीलाई नभेट्ने

काठमाडौँ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आएका छन् । 

आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । 

City Express

स्रोतका अनुसार उनले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज भेट्दैछन् ।

भारत, श्रीलंका र नेपाल भ्रमण क्रममा आज काठमाडौं आइपुगेका लुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भेट्ने  छैन । उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ

अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ

“राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धको सकारात्मक मूल्याङ्कनको गहिरो प्रशंसा र पूर्ण रूपमा मूल्याङ्कन गरियोस्”, मोदीले एक्समा लेखेका छन्, “भारत र संयुक्त राज्य अमेरिकाबीच ‘धेरै सकारात्मक र व्यापक...
एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) अन्तर्गत आयोजित यो सम्मेलन सोमबारसम्म जारी रहनेछ । सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै तियानजिनमा उच्च सतर्कता अपनाइएको छ । केही दिनपछि राजधानी बेइजिङमा दोस्रो विश्वयुद्धको...
फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३...
युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।