नेभिगेशन
सबै कुरा

घरमा काम गर्ने बालिकामाथि बलात्कारको अभियोगमा एमालेका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ

झापा । एमाले नेता तथा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी घरमा काम गर्न राखेकी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय झापाले घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा शिवाकोटीलाई पक्राउ गरिएको जनाएको छ । 

Ncell
Extreme Energy

पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गर्दा घटना सार्वजनिक भएको 

झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दए । सोधपुछका क्रममा बालिकाले आफूलाई शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी थिइन् । घटनाबारे बालिकाले खुलाएपछि उनको तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ । 

आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएकी बालिकालाई  शिवाकोटीले पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेका प्रहरीले जनाएको छ । एमाले नेता शिवाकोटी तत्कालीन अनारमनी गाविसका अध्यक्ष तथा २०७४ सालमा बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई...
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।