नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि तानाशाही प्रवृत्ति नदेखाउन सांसदद्वय शर्मा र सिंहको माग

काठमाडाैँ । प्रतिनिधिसभा सदस्यद्वय डा अमरेश कुमार सिंह र सुनिल कुमार शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनीहरुले रवि लामिछानेलाई सरकारले अपराधीजस्तो व्यवहार नगर्न माग गरेका हुन् । 

नेपाली कांग्रेसका सांसद शर्माले कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री रहेको अवस्थामा रवि लामिछानेमाथि तानाशाही व्यवहार देखाइनु खेदजनक भएको बताएका छन् । ‘नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री हुनु भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेलाई गरिएको वर्तावको भर्त्सना गर्दछु। अनुसन्धानलाई जतिसक्दो चाँडो पुरा गरी न्यायालयमार्फत न्यायिक निरूपण हुनु पर्ने र न्यायालयको फैसलालाई सवैले सम्मान गर्नुपर्ने यथार्थमा नाटकीय ढंगबाट प्रहरी हिरासतको श्रृङ्खलाले सवैलाई शशङ्कित पारेको छ ।’, सांसद शर्माले लेखेका छन् ।

त्यस्तै उनले कोही व्यक्तिलाई हिरासतका नाममा मानव अधिकार उल्लङ्घन गर्ने कार्य गरिनु निन्दनीय तथा खेदजनक भएको बताएका छन् । सांसद शर्माले लेखेका छन्, ‘कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, बिरामी हुँदा पनि अस्पतालसम्म जान नदिने, उपचार पाउनु पर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने, दुर्व्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने जस्ता कार्य निन्दनीय तथा खेदजनक छन् ।’

अर्का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले पनि प्रत्यक्ष निर्वाचित सांसदलाई सरकारले सुनियोजित ढंगले अनुसन्धानको नाममा अपराधीजस्तो व्यवहार गरिनु निन्दनीय रहेको बताएका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रत्यक्ष निर्वाचित सांसद मा.रवि लामिछानेलाई लामो समयदेखि सुनियोजित तरिकाले भइरहेको अनुसन्धानप्रति ध्यानाकर्षण भएको छ। कुनै व्यक्तिलाई अनुसन्धान को नाममा धरपकड गर्ने उपचार गर्न नदिने र अनुसन्धान क्रममा अपराधी जस्तो व्यवहार गरिनु आफैँमा निन्दनीय र गैरकानुनी हो।’, सांसद सिंहले लेखेका छन् । 

उनले अदालतबाट दोषी ठहर नभएका व्यक्तिलाई सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गरेका छन् । त्यस्तै उनले  छिटोछरितो अनुसन्धान सकाएर अदालत मार्फत मुद्दा टुङ्याउन पनि सरकारसँग माग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...