नेभिगेशन
सबै कुरा

रविलाई गरिएको ज्यादतीको मूल्य कांग्रेस एमालेलाई चर्को पर्ने छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई आतंकित पार्ने ज्यादतीको मूल्य कांग्रेस एमालेलाई चर्को पर्ने बताएका छन् । 

मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै  पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रहरी प्रशासनले ज्यादती गरेको बताए । हिजो कांग्रेस र एमालेले रविलाई प्रधानमन्त्रीको अफर गरेको आफैले सुनेको र आफ्नै आँखाले देखेको बताए ।  

‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले देखेको छु,’  उनले भने, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’


साथै उनले लामिछानेबारे बुझ्दा सहकारी प्रकरणमा केही छैन भन्ने सबै सरकारी निकायबाट सूचना आएपछि सदनमा पनि बोलेको बताए ।

उनले भने, ‘देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । मैले सरकार र सरकारवादी नेताहरुलाई भनेको छु, किन हिरासतमा राख्नुपर्‍यो रु छाडेर जेजे अनुसन्धान गरे पनि भइहाल्यो नि, रविजीले अदालतलाई सघाउँछु भनिराख्नुभएकै छ।'



उनले  रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनपर्‍यो भन्दै प्रश्न समेत गरे ।  साथै सरकारको ज्यादती विरुद्ध संसदको विशेष अधिवेशन बोलाएर संसदबाटै विरोध गर्ने जनाए । उनले भने ' विपक्षी र सरकारमा भएकाहरुको पनि समर्थनमा काठमाडौंमा ठूलो प्रदर्शन गर्छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...