नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन् ।

Ncell
Extreme Energy

यस क्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरे छ । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिए  । 

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख लगानी गरेका छन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो । 

प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताए ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
थापाथली चोकमा ट्राफिकसँग आशिका तामाङको नोकझोक, के भएको थियो ?

थापाथली चोकमा ट्राफिकसँग आशिका तामाङको नोकझोक, के भएको थियो ?

आशिका गाडीभित्र ड्राइभर छेउको सिटमा थिइन् । जेब्रा क्रसिङको ठिक अगाडि गाडी रोकिएपछि उनले झ्याल खोलेर ट्राफिकलाई बोलाइन् । हरियो बत्ती बलेपछि मान्छे किन कन्ट्रोल नगरेको भनेर प्रहरीलाई...
रास्वपाका सांसद निरीह भएः वर्षमान पुन

रास्वपाका सांसद निरीह भएः वर्षमान पुन

सरकारको नियत संसद छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन आफुहरुले ध्यानाकर्षण गराएको बताए । उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने धारणा...
पर्चा बोकेर जान पाइँदैन भनेर कहाँ लेख्या छ ? निलम्बन खेप्न तयार छौँ: हर्क साम्पाङ

पर्चा बोकेर जान पाइँदैन भनेर कहाँ लेख्या छ ? निलम्बन खेप्न तयार छौँ: हर्क साम्पाङ

‘हामीले तोडफोड गर्‍यौँ कि, अपशब्द बोल्यौँ कि, कसैमाथि केही गर्‍यौँ कि ? हामीले एउटा पर्चा देखाएर, हाम्रो यो छ माग, यो छ विरोध, यहाँनिर हाम्रो असहमति छ भन्न...
निर्वाचनसम्बन्धी  दुई  विधेयक संसद्‍मा पेश

निर्वाचनसम्बन्धी दुई विधेयक संसद्‍मा पेश

नेपालको संविधानको धारा ८४ को उपधारा (२)मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य,...