नेभिगेशन
सबै कुरा

कम्बोडिया–भैरहवा सिधा उडानका लागि कम्बोडियाली समक्ष प्रस्ताव

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् ।  कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आज भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतसमेत जानकारी गराएका थिए । भेटमा दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी ‘बौद्ध सर्किट’ को रूपमा विकास गर्न सकिने, पर्यटन प्रवद्र्धनका लागि दुवै देशबीचमा कला, सङ्गीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रम र पर्यटन बोर्डबीच साझेदारी गर्न सकिने विषयमा छलफल भएको थियो । 


दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रको संरक्षण र प्रवद्र्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानलगायत विषय पनि छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

 

पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे दुई मन्त्रीबीच विचार विमर्श भएको थियो । भेटमा संस्कृति तथा धार्मिक मामिलामन्त्री बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्तासमेत दिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले मात्रै सक्यो २ अर्ब ११ करोड बजेट, उपलब्धी शून्य

कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले मात्रै सक्यो २ अर्ब ११ करोड बजेट, उपलब्धी शून्य

कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले २ अर्ब ११ करोड बजेट खर्च गरेको छ ।
काठमाडौँबाट उठाइएका सुकुमबासी ५१ परिवारको जग्गा भेटियो, हुकुमबासी भएपछि कारवाही गर्दै सरकार

काठमाडौँबाट उठाइएका सुकुमबासी ५१ परिवारको जग्गा भेटियो, हुकुमबासी भएपछि कारवाही गर्दै सरकार

काठमाडौँको खोला किनारबाट उठाइएका सुकुमबासी मध्ये ५१ जनाको जग्गा भेटिएको छ । सुकुमबासीको नाममा हुकुमबासी भेटिएपछि सरकारले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
रास्वपाले सांसद, केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई प्रशिक्षण दिँदै

रास्वपाले सांसद, केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई प्रशिक्षण दिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाका सांसदहरु, केन्द्रीय समिति सदस्य र प्रदेश समिति सदस्यलाई प्रशिक्षण दिने भएको छ ।

भर्खरै