नेभिगेशन
सबै कुरा

कम्बोडिया–भैरहवा सिधा उडानका लागि कम्बोडियाली समक्ष प्रस्ताव

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् ।  कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आज भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् । 


City Express

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतसमेत जानकारी गराएका थिए । भेटमा दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी ‘बौद्ध सर्किट’ को रूपमा विकास गर्न सकिने, पर्यटन प्रवद्र्धनका लागि दुवै देशबीचमा कला, सङ्गीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रम र पर्यटन बोर्डबीच साझेदारी गर्न सकिने विषयमा छलफल भएको थियो । 


दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रको संरक्षण र प्रवद्र्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानलगायत विषय पनि छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

 

पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे दुई मन्त्रीबीच विचार विमर्श भएको थियो । भेटमा संस्कृति तथा धार्मिक मामिलामन्त्री बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्तासमेत दिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार गठन र संसद बिघटन राष्ट्रपतिको स्वेच्छाले नभएको कांग्रेस नेता सिटौलाको ठोकुवा

सरकार गठन र संसद बिघटन राष्ट्रपतिको स्वेच्छाले नभएको कांग्रेस नेता सिटौलाको ठोकुवा

बीपी चिन्तन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको मौजुदा संविधान र यसका चूनौतिहरु बिषयक कार्यक्रममा सिटौलाले आन्दोलनका क्रममा देशभर आगजनी भएको र सुरक्षा निकाय समेत पछि हटेको अवस्थामा राष्ट्रपतिको...
संविधान दिवसको दिन राष्ट्रपति भवनमा नेताहरुको जमघट (तस्बिरहरु)

संविधान दिवसको दिन राष्ट्रपति भवनमा नेताहरुको जमघट (तस्बिरहरु)

संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत  पूर्वराष्ट्रपतिहरु, पूर्वप्रधानमन्त्रीहरु लगायत विभिन्न...
संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

शुक्रबार कैलालीको धनगढीमा आयोजित संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गरेका थिए । ‘जेनजी’ आन्दोलनका क्रममा पुगेको धनजनको क्षतिले...
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य

नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य

उनले सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नु आजको आवश्यकता भएको बताए ।  मुख्यमन्त्री आचार्यले भने, “संविधानले सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई...