नेभिगेशन
सबै कुरा

साइबर अपराधसम्बन्धी उजुरीका आधारमा सोभा पाठक पक्राउ

काठमाडाैँ । साइबर अपराधको उजुरीका आधारमा जानुका पाठक भनिने सोभा पाठक पक्राउ परेकी छिन् ।  राजकुमार त्रिपाठीले साइबर अपराधको कसुरमा दिएको जाहेरीका आधारमा प्रहरीले धादिङकी पाठकलाई जिल्ला अदालत काठमाडौँ परिसरबाट पक्राउ गरेको हो । 

मंसिर १२ गते प्रहरी बृत्त स्वयम्भूमा त्रिपाठीले उजुरी दर्ता गराएबमोजिम पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘हामीकहाँ मंसिर १२ गते उहाँविरुद्ध साइबर अपराधको कसुरमा उजुरी परेको थियो । हामीले सोही दिन पक्राउ पूर्जी लिएका थियौँ । आज उहाँलाई पक्राउ गरेका हौँ ।’ स्वयम्भू वृत्तका डिएसपी उध्दव भाटले भने । 

Global Ime Bank

पक्राउ परेकी पाठकमाथि अनुसन्धान गर्नका लागि म्याद लिन अदालत लगिएको प्रहरीले जनाएको छ । उनले सामाजिक सञ्जालमा तथानाम गाली गर्दै लेख्ने गरेको आरोप छ । 

पाठकले यसअघि एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कार तथा भ्रुण हत्या गरेको अभियोगसहित प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
३१९ किलो चरेशसहित एकजना पक्राउ

३१९ किलो चरेशसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागुऔषध चरेशसहित एक जना ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
थाइल्याण्डको बैंकको नक्कली मेनेजर बनेर सुनसरीका मेहताले ठगे ६२ लाख

थाइल्याण्डको बैंकको नक्कली मेनेजर बनेर सुनसरीका मेहताले ठगे ६२ लाख

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आइडी बनाइ आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक सिएम...
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।