नेभिगेशन
सबै कुरा

रवि लामिछानेले न्यायाधीशलाई सोधे, ‘मलाई हिरासतमा राख्दा के नयाँ प्रमाण फेला पर्यो, हिरासत बाहिर राख्दा के प्रमाण नष्ट हुने रहेछ श्रीमान ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्की  प्रहरीले अझै ४ दिनको म्याद माग्न पाउने भएकाले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपनि अदालतमा मुद्दा पेश गर्नका लागि थप ४ दिन माग गर्न अदालत उपस्थित गराएको थियो । मंगलबार कार्यालय खुल्नासाथ अदालत लगिएका लामिछानेलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

Ncell
Extreme Energy

सरकारी वकिलले प्रतिवेदन बुझाउन समय लाग्ने भएको भन्दै प्रहरीले लामिछानेलाई हिरासतमा राख्न म्याद माग गरेको थियो । प्रहरीले म्याद माग गरेपछि सभापति लामिछानेले न्यायाधीशसामु एक जिज्ञासा दोहोर्याएका थिए । उनले आफूलाई पक्राउ गर्दा प्रहरीले के नयाँ प्रमाण भेटियो भन्दै न्यायाधीशसामु जिज्ञासा राखेका थिए । ‘म यत्तिका दिन त हिरासतमा बसिसकेँ, अनुसन्धानलाई सघाइसकेँ । यसलाई नथुनेको भए यो प्रमाण नष्ट हुन्थ्यो, यो चाहीँ कागज पाइँदैन थियो, पक्राउ गरेर जोखिमबाट बच्यो भन्ने कुराचाहीँ के छ ? भनेर मैले पटकपटक सोधेँ । जवाफ आजसम्म पाएको छैन ।’, न्यायाधीश बेलबासेको इजलासमा लामिछानेले भने, ‘यसलाई समाएका कारण हामीले यो जोगायौँ, अनुसन्धानमा यस्तो प्रमाण भेट्टायौँ भन्ने एउटा चिज देखाइदिए म सन्तुष्ट हुन्थेँ श्रीमान ।’

लामिछानेले राखेको जिज्ञासामा न्यायाधीश बेलबासेले ‘तपाईंको यो अनुभव पछि काम लाग्छ ।’ भन्दै जवाफ फर्काएका थिए । 

सहकारी प्रकरणमा कास्की प्रहरीमा रहेका लामिछानेलाई प्रहरीले मंगलबार आठौँ पटक म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराएको थियो । लामिछानेमाथि मंसिर २७ गते सातौँ पटक थपिएको म्याद सोमबार सकिएको थियो । प्रहरीले आफूहरुले पाेखराकाे सुर्यदर्शन बचत तथा ऋण सहकारीकाे अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपनि अदालतमा मुद्दा पेश गर्नका लागि थप ४ दिन समय माग गर्न अदालत उपस्थित गराएको थियो । 

सहकारी प्रकरणमा पक्राउ परेका रविलाई ९० दिन हिरासतमा राख्नकै लागि सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको उनका कानुन व्यवसायीहरुले दाबी गर्दै आएका छन् । प्रहरीले आज पनि सम्पत्ती शुद्धीकरणको मुद्दामा भएको व्यवस्था देखाएर म्याद थप मागेका थिए । 

असोज २ गते पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छवि जोशीसहित लामिछानेको मुद्दा जोडिएकाले आज म्याद थपिएसँगै यो म्याद अन्तिम म्याद भएको छ । मंगलबार रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरेले बहस गरेका थिए । 

लामिछानेमाथि  पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा अनुसन्धान गरेर कास्की प्रहरीले साेमबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदनसमेत बुझाइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।
ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै,  विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।