नेभिगेशन
सबै कुरा

रवि लामिछानेले न्यायाधीशलाई सोधे, ‘मलाई हिरासतमा राख्दा के नयाँ प्रमाण फेला पर्यो, हिरासत बाहिर राख्दा के प्रमाण नष्ट हुने रहेछ श्रीमान ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् । 

कास्की  प्रहरीले अझै ४ दिनको म्याद माग्न पाउने भएकाले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपनि अदालतमा मुद्दा पेश गर्नका लागि थप ४ दिन माग गर्न अदालत उपस्थित गराएको थियो । मंगलबार कार्यालय खुल्नासाथ अदालत लगिएका लामिछानेलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

सरकारी वकिलले प्रतिवेदन बुझाउन समय लाग्ने भएको भन्दै प्रहरीले लामिछानेलाई हिरासतमा राख्न म्याद माग गरेको थियो । प्रहरीले म्याद माग गरेपछि सभापति लामिछानेले न्यायाधीशसामु एक जिज्ञासा दोहोर्याएका थिए । उनले आफूलाई पक्राउ गर्दा प्रहरीले के नयाँ प्रमाण भेटियो भन्दै न्यायाधीशसामु जिज्ञासा राखेका थिए । ‘म यत्तिका दिन त हिरासतमा बसिसकेँ, अनुसन्धानलाई सघाइसकेँ । यसलाई नथुनेको भए यो प्रमाण नष्ट हुन्थ्यो, यो चाहीँ कागज पाइँदैन थियो, पक्राउ गरेर जोखिमबाट बच्यो भन्ने कुराचाहीँ के छ ? भनेर मैले पटकपटक सोधेँ । जवाफ आजसम्म पाएको छैन ।’, न्यायाधीश बेलबासेको इजलासमा लामिछानेले भने, ‘यसलाई समाएका कारण हामीले यो जोगायौँ, अनुसन्धानमा यस्तो प्रमाण भेट्टायौँ भन्ने एउटा चिज देखाइदिए म सन्तुष्ट हुन्थेँ श्रीमान ।’

लामिछानेले राखेको जिज्ञासामा न्यायाधीश बेलबासेले ‘तपाईंको यो अनुभव पछि काम लाग्छ ।’ भन्दै जवाफ फर्काएका थिए । 

सहकारी प्रकरणमा कास्की प्रहरीमा रहेका लामिछानेलाई प्रहरीले मंगलबार आठौँ पटक म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराएको थियो । लामिछानेमाथि मंसिर २७ गते सातौँ पटक थपिएको म्याद सोमबार सकिएको थियो । प्रहरीले आफूहरुले पाेखराकाे सुर्यदर्शन बचत तथा ऋण सहकारीकाे अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपनि अदालतमा मुद्दा पेश गर्नका लागि थप ४ दिन समय माग गर्न अदालत उपस्थित गराएको थियो । 

सहकारी प्रकरणमा पक्राउ परेका रविलाई ९० दिन हिरासतमा राख्नकै लागि सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको उनका कानुन व्यवसायीहरुले दाबी गर्दै आएका छन् । प्रहरीले आज पनि सम्पत्ती शुद्धीकरणको मुद्दामा भएको व्यवस्था देखाएर म्याद थप मागेका थिए । 

असोज २ गते पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छवि जोशीसहित लामिछानेको मुद्दा जोडिएकाले आज म्याद थपिएसँगै यो म्याद अन्तिम म्याद भएको छ । मंगलबार रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरेले बहस गरेका थिए । 

लामिछानेमाथि  पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा अनुसन्धान गरेर कास्की प्रहरीले साेमबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदनसमेत बुझाइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...