नेभिगेशन
सबै कुरा

हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ

काठमाडौँ । हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँ सहित ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुबेदी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई गएराति पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी नवराज अधिकारीले बताए । 

Extreme Energy
citizen life

पक्राउ परेका उनीहरुबाट अवैध रुपमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै प्रहरीले उनीहरु भएकै स्थानमा रहेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको कारबाट स्रोत नखुलेको ६८ हजार रुपैयाँसमेत बरामद गरेको छ । 

त्यस्तै प्रहरीले उनीहरुका साथबाट ५ थान चेक, ५ थान मोबाइल र एउटा कार समेत नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

“आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको...
पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको...
श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयले भने आलमलाई १० दिनअघि नै निष्काशन गरिएको बताएको छ । कार्यालयमा नआउने, काम नगर्ने गरेपछि उनलाई फायर गरिएको...
ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

दायर भएको मुद्दामा कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका चितवनको भरतपुर महानगरपालिका १० घर भएका पूर्व सांसद तथा सहरी विकासमन्त्री विक्रम पाण्डे सहित व्यक्तिहरु रहेका छन् ।