नेभिगेशन
सबै कुरा

नागरिक उड्डयनसम्बन्धी ऐन बनाउन खोज्दा कोहि पनि संशकित हुन पर्दैन : पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनसम्बन्धी ऐन बनाउन खोज्दा कोहि पनि संशकित हुन नपर्ने बताएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रलाई व्यवस्थितका साथै नेपालको हवाई क्षेत्रलाई विश्वसनिय बनाउन आवश्यक ऐन–कानून बनाउन लागेको भन्दै कोहि पनि संशकित हुनुनपर्ने बताएका हुन् । ऐन अनुसार बनेका निकायहरुलाई आत्मनिर्भर भएर त्यस क्षेत्रमा सवल बनाउनका लागि मन्त्रालय प्रतिवद्ध रहेको उनले बताए । मन्त्री पाण्डेले बिमानस्थलका बिषयमा आएका सुझाव, गुनासो लगाएत सम्बोधन गर्ने काम प्राधिकरणको रहेको भन्दै सवै अभिभारा पुरा गर्नका लागि सक्षम हुनुपर्ने धारणा राखे ।

बिकट स्थानमा नियमित उडानका लागि निगमको विमान प्रयाप्त नरहेकाले त्यस बिषयमा पनि मन्त्रालयले आवश्यक योजना बनाइरहेको उनको भनाइ छ । उनले अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुसँगको सहकार्य, नियमन र नेपालको कानून अनुसार चल्ने वातावरण बनाउने कोशिस भइरहेको धारणा राखे । 

त्यस्तै प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले हवाई उडानको अधिकार प्राधिकरणलाई मात्रै रहेकाले स्थानीय तह, राष्ट्रिय निकुञ्जले उडान र अवतरणमा समस्या सिर्जना गर्न खोजेको गुनासो गरे । उनले प्राधिकरणले केहि राम्रो गर्न खोजेको भन्दै राम्रो कामको सवैले साथ दिनुपर्ने बताए । अधिकारीले काठमाडौँको त्रिभुवन बिमानस्थलको क्षमता बढाउनका लागि विस्तारको काम भइरहेको जानकारी दिए । 

त्यस्तै वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उनले सन् २०२४ को नोभेम्बरसम्म देशका विभिन्न बिमानस्थलमार्फत ४४ लाख ४९ हजार भन्दा बढिले अन्तराष्ट्रिय यात्रा गरेको बताए । त्यस्तै आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजारले यात्रा गरेका छन् । गत बर्षको तुलनामा यस बर्ष हवाइ यात्रा गर्नेको संख्यामा वृद्धि भएको प्राधिकरणले जनाएको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...