नेभिगेशन
सबै कुरा

भीम रावलको अभिव्यक्ति प्रचण्डले एमालेमाथि लगाएको आरोपको कपी पेस्टः प्रदिप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा पेश गर्ने अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पारित गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले पुष २१ र २२ गते बस्ने केन्द्रीय कमिटीमा पेश गर्ने अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

Ncell
Extreme Energy

प्रतिवेदनमा एमाले–कांग्रेसबीचको सहकार्यको औचित्य, राजनीतिक अवस्था, सरकार गठनपछिको समिक्षा लगाएतका बिषय उल्लेख रहेको उपमहासचिव ज्ञवालीले बताए । उनले एमालेबाट निष्काशित भएपछि भीम रावलले लगाएको आरोप औचित्यहिन रहेको उल्लेख गरे । रावलको अभिव्यक्ति २०७७ कात्तिकमा प्रचण्डले एमालेमाथि लगाएको आरोपको कपी पेष्ट भएको  उनले टिप्पणी गरे । रावलले गरेको गालिगलौचको प्रतिष्पर्धामा एमाले नलाग्ने उनको भनाई छ । 

ज्ञवालीले प्रचण्ड, बाबुरामदेखि रवि लामिछानेहरु गालीगलौजले नै उदाएको भन्दै रावलले पनि त्यसकै सिको गर्न खोजको तर्क गरे । रावलको गालीगलौज गर्ने प्रवृतिकै कारण नै पार्टी सदस्यता कायम नरहने निष्कर्षमा पुगेको ज्ञवालीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...