नेभिगेशन
सबै कुरा

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया  बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने  छ । 

Ncell
Extreme Energy

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने  छ ।

शनिबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै  स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

तस्बिर : सुरेश आचार्य / रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

बंगालको खाडीबाट विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा आयोजना हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।