नेभिगेशन
सबै कुरा

बझाङमा जीप दुर्घटना : एकै परिवारका तीनसहित चार जनाको मृत्यु

चैनपुर । जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

Ncell
Extreme Energy

मृत्यु हुनेमा जीप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको छभने धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला अस्पतालका डा विनय जोशीले जानकारी दिए । जोशीका अनुसार अस्पताल पुग्दासम्म घाइते बालिकाको ज्यान गइसकेको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

बंगालको खाडीबाट विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा आयोजना हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।