नेभिगेशन
सबै कुरा

शिशिर खनालको गगनलाई चुनौतीः भ्रष्टाचारको सबै फाइल सक्षम मान्छे राखेर स्वतन्त्र अनुसन्धान गर्न सकिन्छ ?

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवम् पूर्व शिक्षामन्त्री शिशिर खनालले भ्रष्टाचारका सबै काण्डको अनुसन्धान गर्ने गरी स्वतन्त्र आयोग बनाउन सकिन्छ ? भनी काँग्रेस महामन्त्री गगन थापा लक्षित अभिव्यक्ति दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार संसद्को सुशासन समितिमा काँग्रेस नेता गगन कुमार थापाले ठूला दलका नेताहरू बसेर सहमतिमै ठूला काण्डको छानबिन गर्ने आयोग बनाउनु पर्ने बताएका थिए । उनको अभिव्यक्तिलाई लक्षित गर्दै रास्वपा नेता खनालले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै थापालाई सबै भ्रष्टाचारको फाइलको स्वतन्त्र र सक्षम व्यक्तिबाट आयोग बनाएर छानबिन गर्न दिन किन सकिन्न भनी प्रश्न गरेका हुन् । 

Ncell
Extreme Energy

नेता खनालले सन् २०२२ मा प्रकाशित करप्सन एण्ड अण्डर डेभलपमेन्ट इन नेपालः अ कन्टेन्ट एनालाइसिस शोधकर्ता दीपेश घिमिरेको शोध पत्र साझा गर्दै उनले सोधका प्रकाशित गरेका ३१ भ्रष्टाचारका काण्डमा थप ७० करोड देखिको अन्य काण्डहरू पनि जोडेर अनुसन्धान गर्न आयोग बनाउन माग गरेका छन् ।  

‘२०६३ सालपछि बाहिर आएका रू १ अरब भन्दा ठूला भ्रष्टाचारसँग जोडिएका ३१ वटा काण्ड मार्फत रु २२३ अरब भन्दा बढी भ्रष्टाचार भएको हुन सक्छ भनेर यो सूचीले भन्छ । तर यो सुचीमा “७० करोड’ लगायतका काण्ड छैनन्। र पछिल्लो समय चर्चामा आएका अन्य काण्डहरू पनि छैनन्।’ नेता खनालले भनेका छन् ‘त्यसैले कुन काण्ड छानबिन गर्ने भनेर ठूला पार्टी र ठूला नेताको सहमति हैन, यी सबै काण्डको छानबिन गर्ने गरी उच्चस्तरीय आयोग बनाऔँ। “आफ्नो मान्छे” नराखौँ, सक्षम राखौँ। समयसीमा तोकेर स्वतन्त्रता पूर्वक काम गर्न दिऔँ। दोषीलाई कारबाही गरौँ हाम्रो पूर्ण समर्थन रहनेछ।’  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...