नेभिगेशन
सबै कुरा

शिशिर खनालको गगनलाई चुनौतीः भ्रष्टाचारको सबै फाइल सक्षम मान्छे राखेर स्वतन्त्र अनुसन्धान गर्न सकिन्छ ?

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवम् पूर्व शिक्षामन्त्री शिशिर खनालले भ्रष्टाचारका सबै काण्डको अनुसन्धान गर्ने गरी स्वतन्त्र आयोग बनाउन सकिन्छ ? भनी काँग्रेस महामन्त्री गगन थापा लक्षित अभिव्यक्ति दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार संसद्को सुशासन समितिमा काँग्रेस नेता गगन कुमार थापाले ठूला दलका नेताहरू बसेर सहमतिमै ठूला काण्डको छानबिन गर्ने आयोग बनाउनु पर्ने बताएका थिए । उनको अभिव्यक्तिलाई लक्षित गर्दै रास्वपा नेता खनालले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै थापालाई सबै भ्रष्टाचारको फाइलको स्वतन्त्र र सक्षम व्यक्तिबाट आयोग बनाएर छानबिन गर्न दिन किन सकिन्न भनी प्रश्न गरेका हुन् । 

Ncell
Extreme Energy

नेता खनालले सन् २०२२ मा प्रकाशित करप्सन एण्ड अण्डर डेभलपमेन्ट इन नेपालः अ कन्टेन्ट एनालाइसिस शोधकर्ता दीपेश घिमिरेको शोध पत्र साझा गर्दै उनले सोधका प्रकाशित गरेका ३१ भ्रष्टाचारका काण्डमा थप ७० करोड देखिको अन्य काण्डहरू पनि जोडेर अनुसन्धान गर्न आयोग बनाउन माग गरेका छन् ।  

‘२०६३ सालपछि बाहिर आएका रू १ अरब भन्दा ठूला भ्रष्टाचारसँग जोडिएका ३१ वटा काण्ड मार्फत रु २२३ अरब भन्दा बढी भ्रष्टाचार भएको हुन सक्छ भनेर यो सूचीले भन्छ । तर यो सुचीमा “७० करोड’ लगायतका काण्ड छैनन्। र पछिल्लो समय चर्चामा आएका अन्य काण्डहरू पनि छैनन्।’ नेता खनालले भनेका छन् ‘त्यसैले कुन काण्ड छानबिन गर्ने भनेर ठूला पार्टी र ठूला नेताको सहमति हैन, यी सबै काण्डको छानबिन गर्ने गरी उच्चस्तरीय आयोग बनाऔँ। “आफ्नो मान्छे” नराखौँ, सक्षम राखौँ। समयसीमा तोकेर स्वतन्त्रता पूर्वक काम गर्न दिऔँ। दोषीलाई कारबाही गरौँ हाम्रो पूर्ण समर्थन रहनेछ।’  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

बंगालको खाडीबाट विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा आयोजना हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।