नेभिगेशन
सबै कुरा

याे वर्ष धान उत्पादन ४ प्रतिशतले वृद्धि, उत्पादकत्व हालसम्मकै उच्च

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालका धान उत्पादन ४ प्रतिशतले वृद्धि भएको छ । कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा क्षेत्रफल घटेपनि उत्पादन ४ प्रतिशतले बढेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको तर चालु आर्थिक वर्षमा सो उत्पादन बढेर ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन पुगेको कृषि मन्त्रालयकी प्रवक्ता डा मतिना जोशी वैद्यले जानकारी दिइन् । ‘चालु आ.व.मा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको छ  जुन उत्पादन गत आ.ब.को तुलनामा ४.०४ प्रतिशतले बढी हो ।’, प्रवक्ता वैधले जानकारी दिइन् । 

Ncell
Extreme Energy

त्यस्तै यस वर्ष धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमि आउँदा पनि उत्पादकत्वमा वृद्धि भएको छ ।  यस वर्ष बर्षे र चैते दुबै गरी चालु  आ.व.मा कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइने मन्त्रालयको अनुमान छ जुन गत आ.व.को तुलनामा १.२८ प्रतिशतले कमि हो । यस आर्थिक वर्षमा धानको उत्पादकत्व पनि हालसम्मकै उच्च भएको मन्त्रालयले जनाएको छ । ‘औषत उत्पादकत्व ४.१९ मेट्रिक टन  प्रति हेक्टरमा पुगि हालसम्मको उच्च बिन्दु कायम हुन पुगेको छ । यसै गरी सोहि अबधिमा चैते धान र बर्षे धानको उत्पादन तथा उत्पादकत्व गत आ.व.को तुलनामा बृद्वि हुन गएको छ ।’, प्रवक्ता डा.मतिना जोशीले वैद्यले जानकारी दिइन् । 

यस वर्ष कोशी, मधेश, लुम्विनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा बृद्वि भएको छ भने बाँकी तीन प्रदेशहरुका उत्पादन घटेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

बंगालको खाडीबाट विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा आयोजना हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।