नेभिगेशन
सबै कुरा

याे वर्ष धान उत्पादन ४ प्रतिशतले वृद्धि, उत्पादकत्व हालसम्मकै उच्च

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालका धान उत्पादन ४ प्रतिशतले वृद्धि भएको छ । कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा क्षेत्रफल घटेपनि उत्पादन ४ प्रतिशतले बढेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको तर चालु आर्थिक वर्षमा सो उत्पादन बढेर ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन पुगेको कृषि मन्त्रालयकी प्रवक्ता डा मतिना जोशी वैद्यले जानकारी दिइन् । ‘चालु आ.व.मा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको छ  जुन उत्पादन गत आ.ब.को तुलनामा ४.०४ प्रतिशतले बढी हो ।’, प्रवक्ता वैधले जानकारी दिइन् । 

Ncell
Extreme Energy

त्यस्तै यस वर्ष धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमि आउँदा पनि उत्पादकत्वमा वृद्धि भएको छ ।  यस वर्ष बर्षे र चैते दुबै गरी चालु  आ.व.मा कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइने मन्त्रालयको अनुमान छ जुन गत आ.व.को तुलनामा १.२८ प्रतिशतले कमि हो । यस आर्थिक वर्षमा धानको उत्पादकत्व पनि हालसम्मकै उच्च भएको मन्त्रालयले जनाएको छ । ‘औषत उत्पादकत्व ४.१९ मेट्रिक टन  प्रति हेक्टरमा पुगि हालसम्मको उच्च बिन्दु कायम हुन पुगेको छ । यसै गरी सोहि अबधिमा चैते धान र बर्षे धानको उत्पादन तथा उत्पादकत्व गत आ.व.को तुलनामा बृद्वि हुन गएको छ ।’, प्रवक्ता डा.मतिना जोशीले वैद्यले जानकारी दिइन् । 

यस वर्ष कोशी, मधेश, लुम्विनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा बृद्वि भएको छ भने बाँकी तीन प्रदेशहरुका उत्पादन घटेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...