नेभिगेशन
सबै कुरा

सिधाकुराकर्मी जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग

काठमाडौँ । सिधाकुरा डट कमका पर्सा संवाददाता जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग गरिएको छ । पत्रकार महासंघ जिल्ला शाखा पर्साले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले नेताको विवादास्पद पृष्ठभूमिबारे समाचार लेखेको भन्दै साहलाई एमाले कार्यकर्ताले कालोमोसो दल्ने धम्की दिएका थिए । सो बारे साहले महासंघ जिल्ला शाखामा लिखित जानकारी गराएका थिए ।

Ncell
Extreme Energy

‘समाचार लेखेको बहानामा पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा फोटो नै राखेर धम्कीपूर्ण स्टाटस लेख्नु लेख्न लगाउनु आपत्तिजनक छ,’ महासंघ जिल्ला समित पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ राजनीतिक देखि राज्यका निकायहरूले सञ्चारकर्मीप्रति देखाइरहेको बदनियतपूर्ण व्यवहारलाई महासंघले नजिकबाट नियालिरहेको छ’

जिल्ला समिति पर्साले समाचारमा चित्त नबुझे कानुनी उपचारको बाटोबाट विवाद समाधान गर्न सकिने भन्दै धम्की र त्रासको वातावरण अन्त्य गर्न पनि माग गरेको छ।  

सिधाकुरा डटकममा पुस १८ गते साहले ‘आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास’ शिर्षककाे समाचार लेखेका थिए। 

सो समाचारलाई लिएर एमालेका कार्यकर्ताहरूले सम्वाददाता साहलाई फोन र सामाजिक सञ्जालमार्फत अभद्र व्यवहार गर्ने धम्की दिएका थिए । सिधाकुरा सम्वाददाता साहको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले कार्यकर्ताहरूले यस्तो चेतावनी दिएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...