नेभिगेशन
सबै कुरा

स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

भक्तपुर ।  मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा।प्र। ०२–०२८ प.६६१० नं को स्कुटर आफँै अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनुभएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको उनले जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाँै लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

बंगालको खाडीबाट विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा आयोजना हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।