नेभिगेशन
सबै कुरा

स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

भक्तपुर ।  मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा।प्र। ०२–०२८ प.६६१० नं को स्कुटर आफँै अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनुभएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको उनले जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाँै लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनकामनाबाट फर्केको ईभी माइक्रो दुर्घटना अपडेटः ७ जनाको घटनास्थलमै मृत्यु

मनकामनाबाट फर्केको ईभी माइक्रो दुर्घटना अपडेटः ७ जनाको घटनास्थलमै मृत्यु

दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरी अस्पताल पुर्याइएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका एक जनालाई भरतपुर पठाइएको छ...
मनकामना दर्शन गरी फर्किएका यात्रु बोकेको ईभी माइक्रो बस दुर्घटना

मनकामना दर्शन गरी फर्किएका यात्रु बोकेको ईभी माइक्रो बस दुर्घटना

गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा शनिबार राति करिब ८ बजे ईभी दुर्घटना भएको हो ।
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी...
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, २ हजार ६३८ जना घाइतेको उपचार

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, २ हजार ६३८ जना घाइतेको उपचार

आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ...

भर्खरै