नेभिगेशन
सबै कुरा

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

काठमाडौँ । विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ । महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासङ्घका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासङ्घले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पु¥याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ । 

Ncell
Extreme Energy

हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको हो ।   

त्यसअवसरमा महासङ्घका अन्तर्राष्ट्रिय पदाधिकारीहरु, भारतका वरिष्ठ समाजसेवीहरु, नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिको उपस्थिति रहेको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । 

उक्त अवार्ड प्राप्त गर्नेमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका समाजसेवीहरु एसएस अग्रवाल र निता अम्बानी,  भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका धर्म गुरु स्वामी जय पतका, भारतका समाजसेवी भगवान गङ्गाराम पाण्डे, राजश्री बिरला, श्रीलङ्काका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिङ्गापुरका अध्यक्ष ओमप्रकाश राईलगायत छन् । 

सांसद आलेले आफूलाई विश्वका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुसहित अवार्ड प्रदान गरेकोमा महासङ्घलाई विशेष धन्यवाद ज्ञापन गरे । 

त्यस अवसरमा भारतको समाजवादी पार्टीका महासचिव हेमानन्द गिरी, विश्व हिन्दु महासङ्घका अध्यक्ष एवं भारतका पूर्वमन्त्री डा आजय सिंहले राजनीति, समाजसेवा तथा आध्यात्मिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका विभिन्न देशका विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाएकामा महासङ्घ तथा खाटु श्याम दिल्ली धामका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।