नेभिगेशन
सबै कुरा

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

काठमाडौँ । विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ । महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासङ्घका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासङ्घले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पु¥याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ । 

हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको हो ।   

त्यसअवसरमा महासङ्घका अन्तर्राष्ट्रिय पदाधिकारीहरु, भारतका वरिष्ठ समाजसेवीहरु, नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिको उपस्थिति रहेको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । 

उक्त अवार्ड प्राप्त गर्नेमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका समाजसेवीहरु एसएस अग्रवाल र निता अम्बानी,  भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका धर्म गुरु स्वामी जय पतका, भारतका समाजसेवी भगवान गङ्गाराम पाण्डे, राजश्री बिरला, श्रीलङ्काका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिङ्गापुरका अध्यक्ष ओमप्रकाश राईलगायत छन् । 

सांसद आलेले आफूलाई विश्वका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुसहित अवार्ड प्रदान गरेकोमा महासङ्घलाई विशेष धन्यवाद ज्ञापन गरे । 

त्यस अवसरमा भारतको समाजवादी पार्टीका महासचिव हेमानन्द गिरी, विश्व हिन्दु महासङ्घका अध्यक्ष एवं भारतका पूर्वमन्त्री डा आजय सिंहले राजनीति, समाजसेवा तथा आध्यात्मिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका विभिन्न देशका विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाएकामा महासङ्घ तथा खाटु श्याम दिल्ली धामका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनकामनाबाट फर्केको ईभी माइक्रो दुर्घटना अपडेटः ७ जनाको घटनास्थलमै मृत्यु

मनकामनाबाट फर्केको ईभी माइक्रो दुर्घटना अपडेटः ७ जनाको घटनास्थलमै मृत्यु

दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरी अस्पताल पुर्याइएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका एक जनालाई भरतपुर पठाइएको छ...
मनकामना दर्शन गरी फर्किएका यात्रु बोकेको ईभी माइक्रो बस दुर्घटना

मनकामना दर्शन गरी फर्किएका यात्रु बोकेको ईभी माइक्रो बस दुर्घटना

गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा शनिबार राति करिब ८ बजे ईभी दुर्घटना भएको हो ।
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी...
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, २ हजार ६३८ जना घाइतेको उपचार

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, २ हजार ६३८ जना घाइतेको उपचार

आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ...

भर्खरै