नेभिगेशन
सबै कुरा

पत्रकार महासंघले भन्यो 'सिधाकुराकर्मी साहलाई धम्की दिनेको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया थालियोस्'

काठमाडाैँ । सिधाकुराका पर्सा सम्वाददाता जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य एवं सिधाकुरा डटकमका पत्रकार जियालाल साहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघका महासचिव रामप्रसाद दाहालद्धारा जारी विज्ञप्तिमा समाचारको विषयलाई लिएर पत्रकार साहको फोटो नै राखेर केही व्यक्तिहरूले सामाजिक सञ्जालमा धम्कीपूर्ण र बदनाम गराउने स्ट्याटस लेखेको महासंघ प्रदेश समितिमार्फत जानकारी भएको उल्लेख छ । 'सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र टीकाटिप्पणी हुनु व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता हो । तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारलाई असुरक्षित गराउने र चरित्रमा ठेस पुर्‍याउने क्रियाकलाप हुनु अत्यन्त निन्दनीय र सामाजिक अपराध हो,' महासचिव दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'महासंघ पत्रकारलाई हतोत्साहित र बदनाम बनाउने हर्कतमा संलग्न व्यक्तिको तत्काल पहिचान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

Ncell
Extreme Energy

सिधाकुरा डटकममा पुस १८ गते साहले ‘आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास’ शीर्षकको समाचार लेखेका थिए। सो समाचारलाई लिएर एमालेका कार्यकर्ताहरूले सम्वाददाता साहलाई फोन र सामाजिक सञ्जालमार्फत अभद्र व्यवहार गर्ने धम्की दिएका थिए।

सिधाकुरा सम्वाददाता साहको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले कार्यकर्ताहरूले यस्तो चेतावनी दिएका हुन्। साहलाई दिएको धम्कीप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ पर्सा जिल्ला समिति र मधेश प्रदेश समितिले पनि आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...