नेभिगेशन
सबै कुरा

गगन थापालाई गण्डकीका कांग्रेस नेताहरूको प्रश्न: रवि विरुद्ध किन यसरी लागेको ?

कास्की । पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आफ्नै नेता कार्यकर्ताले रवि माथि किन एकोहोरो लागेको भनी प्रश्न गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार गण्डकी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूलाई अभिभुखिकरण गर्न आयोजित कार्यक्रममा सहभागी हुन थापा पोखरामा आएका थिए ।

Ncell
Extreme Energy

साेही कार्यक्रममा सहभागी कांग्रेसका नेताहरूले गगनलाई रविमाथि गगन थापा र कांग्रेस एकोहोरो भएर लागेको भन्दै त्यसले जनमानसमा गलत सन्देश गएको भन्दै गगनलाई प्रश्न गरेका थिए । 

‘एक जना रवि लामिछानेमाथि गगन किन लागेको ? कांग्रेस किन लागेको ?’ एक जनप्रतिनिधिले गगनलाई गरेको प्रश्न उदृत गर्दै कार्यक्रममा सहभागी एक नेताले सिधाकुरासँग भने ‘यसले हामीलाई गाउँगाउँमा मुख देखाउन समेत गारो भएको छ ।’

कार्यक्रममा सहभागी भएका कांग्रेसका जनप्रतिनिधिहरूले युवाहरूको राजनीति विरुद्ध पार्टी लाग्दा त्यसले समाजमा गलत सन्देश गएको धारणा राखेका थिए । कांग्रेसको वर्तमान सत्ता सञ्चालन प्रवृत्तिबाट जनताले परिवर्तनको महसुस नगरेको भन्दै जनप्रतिनिधिहरूले यसबारे कांग्रेस सचेत हुनुपर्ने सुझाव महामन्त्री थापालाई दिएका थिए । 

प्रशिक्षण कार्यक्रममा पार्टीको शेखर गुट विरुद्ध कटाक्ष गरेका गगनसँग जनप्रतिनिधिहरू रुष्ट समेत देखिएका कांग्रेस कास्कीका अर्का एक नेताले सिधाकुरालाई बताए । ‘गगनजी क्रियाशील सदस्यता नवीकरणका बारेमा धेरै बोल्नु भयो । उहाँ शेखर जी को पार्टीमा गतिविधिको धम्कीपूर्ण प्रतिवादमा पनि देखिनुभयो,’ ति नेताले भने ‘नयाँ दलहरूको गतिविधिप्रति उहाँ आक्रोशित पनि देखिनुभयो ।’ कांग्रेसका ति नेताकाअनुसार रविबारे आफ्नै नेताहरूले प्रश्नमा भने गगन खास खुलेर बोलेनन् । 

अधिकांश समय कांग्रेस र आगामी निर्वाचन तथा महाधिवेसनबारे बोलेका नेता थापाले चैतसम्म क्रियाशील सदस्यता नवीकरण नगरे समय थप नहुने चेतावनी समेत दिए ।

नेता थापाको पोखरा आगमनलाई लिएर कांग्रेसकै कास्कीका केही नेताहरू भने खुला रूपमै रुष्ट देखिएका छन् । युवा नेता भनेर पार्टीमा आएका थापाले खास काम गर्न नसकेको भन्दै कांग्रेसकै पूर्व सांसद एवम् कास्कीका नेता देवराज चालिसेले फेसबुकमै असन्तुष्टि पोखेका थिए ।

‘तीन वर्ष हेरियो, अब त अन्तिम वर्ष पनि लाग्यो संगठन बदलिएको पनि देखियो, संगठन चलाउने बदलिएको पनि देखियो,’ चालिसेले लेखेका छन् ‘यस बीच ब्यानर बदलियो, वक्ता बदलिएन । भाषा बदलियो तर श्रोता बदलिएन ।’गगनको महामन्त्री कालमा कांग्रेस जनतासँग जोडिन कति सक्यो भन्ने प्रश्न पनि सामाजिक सञ्जालबाटै गरेका छन् । 

गगनको पोखरा आगमनबारे कास्कीका कांग्रेस सभापति किशोरदत्त बराललाई सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आएनन् । 

गगनको पोखरा अगमनलाई लिएर रास्वपाको खबरदारी  

यता रास्वपा नेताहरूले भने पोखरा आएका थापामाथि खबरदारी गरेका छन् । रविको थुनछेक बहश चलिरहेको बेला थापा पोखरा आएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । 

अदालत र प्रशासन संयन्त्र प्रभावित बनाउन गगन आकस्मीक रुपमा पोखरा आएको भन्दै उनीहरुले गगनको पोखरा बसाईलाई नजिकबाट नियाली रहेको बताएका छन् । ‘गगन थापा गलत समयमा पोखरा आएका छन्’ रास्वपा कास्कीका एक नेताले भने । 

रास्वपा केन्द्रिय सदस्य ज्वाला संग्रौलाले पनि गगन थापाको पोखरा आगमनलाई रास्वपाले नजिकबाट हेरिरहेको बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो खबरदारी गरेकी हुन् ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...