नेभिगेशन
सबै कुरा

गगन थापालाई गण्डकीका कांग्रेस नेताहरूको प्रश्न: रवि विरुद्ध किन यसरी लागेको ?

कास्की । पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आफ्नै नेता कार्यकर्ताले रवि माथि किन एकोहोरो लागेको भनी प्रश्न गरेका छन् ।

शनिबार गण्डकी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूलाई अभिभुखिकरण गर्न आयोजित कार्यक्रममा सहभागी हुन थापा पोखरामा आएका थिए ।

City Express

साेही कार्यक्रममा सहभागी कांग्रेसका नेताहरूले गगनलाई रविमाथि गगन थापा र कांग्रेस एकोहोरो भएर लागेको भन्दै त्यसले जनमानसमा गलत सन्देश गएको भन्दै गगनलाई प्रश्न गरेका थिए । 

‘एक जना रवि लामिछानेमाथि गगन किन लागेको ? कांग्रेस किन लागेको ?’ एक जनप्रतिनिधिले गगनलाई गरेको प्रश्न उदृत गर्दै कार्यक्रममा सहभागी एक नेताले सिधाकुरासँग भने ‘यसले हामीलाई गाउँगाउँमा मुख देखाउन समेत गारो भएको छ ।’

कार्यक्रममा सहभागी भएका कांग्रेसका जनप्रतिनिधिहरूले युवाहरूको राजनीति विरुद्ध पार्टी लाग्दा त्यसले समाजमा गलत सन्देश गएको धारणा राखेका थिए । कांग्रेसको वर्तमान सत्ता सञ्चालन प्रवृत्तिबाट जनताले परिवर्तनको महसुस नगरेको भन्दै जनप्रतिनिधिहरूले यसबारे कांग्रेस सचेत हुनुपर्ने सुझाव महामन्त्री थापालाई दिएका थिए । 

प्रशिक्षण कार्यक्रममा पार्टीको शेखर गुट विरुद्ध कटाक्ष गरेका गगनसँग जनप्रतिनिधिहरू रुष्ट समेत देखिएका कांग्रेस कास्कीका अर्का एक नेताले सिधाकुरालाई बताए । ‘गगनजी क्रियाशील सदस्यता नवीकरणका बारेमा धेरै बोल्नु भयो । उहाँ शेखर जी को पार्टीमा गतिविधिको धम्कीपूर्ण प्रतिवादमा पनि देखिनुभयो,’ ति नेताले भने ‘नयाँ दलहरूको गतिविधिप्रति उहाँ आक्रोशित पनि देखिनुभयो ।’ कांग्रेसका ति नेताकाअनुसार रविबारे आफ्नै नेताहरूले प्रश्नमा भने गगन खास खुलेर बोलेनन् । 

अधिकांश समय कांग्रेस र आगामी निर्वाचन तथा महाधिवेसनबारे बोलेका नेता थापाले चैतसम्म क्रियाशील सदस्यता नवीकरण नगरे समय थप नहुने चेतावनी समेत दिए ।

नेता थापाको पोखरा आगमनलाई लिएर कांग्रेसकै कास्कीका केही नेताहरू भने खुला रूपमै रुष्ट देखिएका छन् । युवा नेता भनेर पार्टीमा आएका थापाले खास काम गर्न नसकेको भन्दै कांग्रेसकै पूर्व सांसद एवम् कास्कीका नेता देवराज चालिसेले फेसबुकमै असन्तुष्टि पोखेका थिए ।

‘तीन वर्ष हेरियो, अब त अन्तिम वर्ष पनि लाग्यो संगठन बदलिएको पनि देखियो, संगठन चलाउने बदलिएको पनि देखियो,’ चालिसेले लेखेका छन् ‘यस बीच ब्यानर बदलियो, वक्ता बदलिएन । भाषा बदलियो तर श्रोता बदलिएन ।’गगनको महामन्त्री कालमा कांग्रेस जनतासँग जोडिन कति सक्यो भन्ने प्रश्न पनि सामाजिक सञ्जालबाटै गरेका छन् । 

गगनको पोखरा आगमनबारे कास्कीका कांग्रेस सभापति किशोरदत्त बराललाई सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आएनन् । 

गगनको पोखरा अगमनलाई लिएर रास्वपाको खबरदारी  

यता रास्वपा नेताहरूले भने पोखरा आएका थापामाथि खबरदारी गरेका छन् । रविको थुनछेक बहश चलिरहेको बेला थापा पोखरा आएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । 

अदालत र प्रशासन संयन्त्र प्रभावित बनाउन गगन आकस्मीक रुपमा पोखरा आएको भन्दै उनीहरुले गगनको पोखरा बसाईलाई नजिकबाट नियाली रहेको बताएका छन् । ‘गगन थापा गलत समयमा पोखरा आएका छन्’ रास्वपा कास्कीका एक नेताले भने । 

रास्वपा केन्द्रिय सदस्य ज्वाला संग्रौलाले पनि गगन थापाको पोखरा आगमनलाई रास्वपाले नजिकबाट हेरिरहेको बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो खबरदारी गरेकी हुन् ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाले  प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास÷कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा...
सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

जेनजी आन्दोलनका क्रममा प्रदर्शनका क्रममा ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएको छ । त्यसपछि नेकपा एमालका नेता महेश बस्नेतले गुण्डुमा ओलीकालागि घर व्यवस्था गरेको एमालेका नेताहरुले बताएका छन्।
बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

उनका अनुसार प्रवासीहरूले पासपोर्ट नभई, आफ्नो एनआइडी प्रयोग गरेर मात्र अनलाइन दर्ता गर्न सक्नेछन् । जसको एनआइडी ब्लक गरिएको छ, उनीहरूले अनलाइन दर्ता गर्न पाउने छैनन् र दर्ता...
वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ । विदाइ कार्यक्रममा नेपाली...