नेभिगेशन
सबै कुरा

पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ ।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिए । 

CG

त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उनलउ बताए । क्रिकेट मैदान निर्माणका लागि रु नौ करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो । 

उनका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उनले बताए । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताए । 

गत आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हेटौँडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गरेका थिए । सचिव खड्कासहित प्रवक्ता छुम्वी लामा, मकवानपुर क्रिकेट सङ्घका पदाधिकारीले ग्राउण्ड अवलोकन गरेका थिए ।  

क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्नुहुँदै क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको सचिव खड्काले बताए । क्रिकेट ग्राउण्डको पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेकाले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित

महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित

दुई अङ्क जोडेको नेपाल  समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट चार अङ्कका साथ सुपर सिक्सको यात्रा तय गरेको छ ।
नेपालद्वारा जिम्बाब्वे पराजित

नेपालद्वारा जिम्बाब्वे पराजित

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले  ५० बलमा चार...
नेपालद्वारा थाइल्याण्डसामु १२३ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा थाइल्याण्डसामु १२३ रनको लक्ष्य प्रस्तुत

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल बनायो । नेपालका लागि बिन्दु रावलले...
आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने टोलीको बिदाई (तस्बिरहरु)

आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने टोलीको बिदाई (तस्बिरहरु)

फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने  टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको हो ।