नेभिगेशन
सबै कुरा

बिपी उद्यानको जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले चलायो डोजर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ  ।  महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनको लागि तोकेता गर्दा पनि नहटाएपछि  आइतबारदेखि डोजर लगाएरस्थान खाली गराउन थालेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगञ्ज महानगरपालिका, नगर प्रहरी प्रमुख हरि भुसालले दुई पटकसम्म सार्वजनिक सूचना जारी गराउँदा पनि हटाउन आलटाल गरेपछि डोजर लगाएर करिब ४०  अस्थायी घरटहरा खाली गराएको जानकारी दिए । ‘‘हामीले आइतबारदेखि अतिक्रमणमा परेको बिपी उद्यान खाली गर्न थालेका छौँ,’’ उनले भने, ‘‘यो अभियान सबै अतिक्रमणमा परेको ठाउँ खाली नगरेसम्म रोकिँदैन ।’’

Ncell
Extreme Energy

महानगरका अनुसार बिपी उद्यानमा अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा धेरै अस्थायी रुपमा सञ्चालनमा रहेका छन् । नगर प्रहरी प्रमुख भुसालले महानगरले उपयुक्त विकल्प दिएर बिपी उद्यान खाली गर्न लागेको  जानकारी दिए । 

‘‘यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यापारीलाई वडा नं १६ नगरवास्थित कृषि बजार राख्ने व्यवस्था गरेका छौँ,’’ उनले भने, ‘‘यहाँ पसल गर्नेको ९० प्रतिशतभन्दा धेरै वीरगञ्ज घर रहेका छन् । अन्य केही भने भारतीय नागरिकले सञ्चालन गरेका छन् ।’’ नगरप्रमुख भुसालले अतिक्रमण गरेको ठाउँलाई खाली गरेर आकर्षक खालको पार्क अघि बढाउने बताए ।

बिपी उद्यानमा मासु पसल सञ्चालन गर्दै आइरहेका ओकेबहादुर शाहीले महानगरले आफूहरुलाई हटाएर बिचल्ली बनाएको दाबी गरे । ‘‘बिपी उद्यानमा दैनिक पाँच–दश केजी बङ्गुरको मासु बेच्दै आइरहेका थियौँ,’’ उनले भने, ‘‘यहीबाट परिवारको गर्जो टार्दै आइरहेका थियौँ । आजदेखि त हटाएपछि अब कहाँ के गर्ने भन्ने अन्र्यौल सिर्जना भएको छ ।’’

उनले महानगरले आफूलाई मात्रै नभएर अन्यलाई पनि हटाउनुपर्ने बताए । ‘‘डोजर लगाएर हामीलाई त हटाएका छन् । अन्य कपडा पसल, तरकारी तथा फलफूल बिक्री वितरण गर्नेलाई नहटाउने हुन कि भन्ने आशङ्का उब्जिएको छ,’’ उनले भने । 

महानगरले यसअघि गत मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो । सो म्याद पनि यही पुस १० गते सकिएको थियो । तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक पुस १२ गते सात दिने म्याद राखेर  सार्वजनिक सूचना जारी गरेको थियो । 

दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि भने आइतबार एक्साभेटर लगाएर खाली गरेको हो । महानगरले यो ठाउँमा बिपी उद्यानको व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनिल र सस्मितलाई बोलाएर सोविताले भनिन् : जेन जी आन्दोलनको म्याण्डेटअनुसार काम गरौं

सुनिल र सस्मितलाई बोलाएर सोविताले भनिन् : जेन जी आन्दोलनको म्याण्डेटअनुसार काम गरौं

आगामी आर्थिक वर्षमा सदनमा पेस गर्नुपर्ने विधेयकहरुको सूची निर्माणबारे सोमबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग मन्त्रालयमा छलफल गर्दै कानुन मन्त्री गौतमले...
काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

महानगरपालिकाको नीति तथा कार्यक्रम संशोधनसहित स्वीकृत भएको घोषणा गर्दै डंगोलले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि महानगरको बजेट असार ४ गते प्रस्तुत गर्ने जानकारी दिइन् ।
ललितपुर महानगरमा ‘ई–चलान प्रणाली’को शुभारम्भ, जरिबाना बुझाउन कार्यालयमै पुग्न नपर्ने

ललितपुर महानगरमा ‘ई–चलान प्रणाली’को शुभारम्भ, जरिबाना बुझाउन कार्यालयमै पुग्न नपर्ने

ई–चलान सुरु भएसँगै अव जरिबाना बुझाउनका लागि महानगरको कार्यालय नै आउने अवस्थाको अन्त्य भएको महानगर प्रमुख महर्जनले बताए ।
नेपालको प्रतिनिधित्व गर्दै चीनमा इन्दिरा रानाको सम्बोधन : स्वस्थ वातावरण हरेक मानव अधिकारको जग हो

नेपालको प्रतिनिधित्व गर्दै चीनमा इन्दिरा रानाको सम्बोधन : स्वस्थ वातावरण हरेक मानव अधिकारको जग हो

नेपालको प्रतिनिधित्व गर्दै चीनमा आयोजित द २०२६ फोरम अन ग्लोबल ह्युमन राइट्स गभर्नेन्स विषयक विश्व सम्मेलनलाई सम्बोधन गर्दै सांसद रानाले भनिन्, 'स्वस्थ वातावरण विलासिता होइन, यो हरेक मानव...