नेभिगेशन
सबै कुरा

चुनढुंगा ढुवानी व्यवस्थापनका लागि वैकल्पिक मार्ग निर्माणको सहमति

उदयपुर । चुनढुंगा ढुवानी व्यवस्थापनका लागि वैकल्पिक मार्ग निर्माण गर्ने सहमति  भएको छ। कटारी नगरपालिकामा  आईतबार नगरपालिकाका जनप्रतिनिधि, उद्योगका प्रतिनिधि र अन्य सरोकारवालाहरूबीच भएको छलफलले चुनढुंगा बोक्ने टिपरको लागि वैकल्पिक मार्ग बनाउने सहमति भएको   छ ।  छलफलले १५ दिनभित्र वैकल्पिक मार्ग निर्माण सुरु गर्ने निर्णय गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विगतका वर्षहरूमा हिउँद महिनामा चुनढुंगा ढुवानीका लागि खोलाको बाटो प्रयोग हुँदै आएको थियो। तर यस वर्ष नगरपालिकाले वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकता दिदै उद्योगहरूलाई खोलाको बाटोको सट्टा स्थायी समाधान खोज्न निर्देशन दिएको थियो। उद्योगहरूले यसबारे चासो नदेखाएपछि नगरपालिकाले वैकल्पिक मार्ग नबनाएसम्म चुनढुंगा ढुवानी रोक्ने चेतावनी दिएको थियो।

Ncell
Extreme Energy

मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार, छलफलले पुस २९ गतेबाट खोलाको बाटो बनाउने कार्य सुरु गर्ने र १५ दिनभित्र वैकल्पिक मार्ग निर्माणमा आवश्यक प्रक्रिया अघि बढाउने सहमति गरेको छ। तर, वैकल्पिक मार्ग निर्माण गर्न आलटाल भएमा चुनढुंगा ढुवानीमा पूर्ण रोक लगाइने नगर प्रमुख श्रेष्ठको अडान छ।

मेयर श्रेष्ठले सिद्धिचरण राजमार्गमा टिपरहरूको अत्यधिक चापले सडकको अवस्था दयनीय बन्दै गएको बताएका छन्। दैनिक हजारौँ टिपरको ओहोरदोहोरले राजमार्ग जीर्ण हुँदै गएको र यसले स्थानीय बासिन्दाको जनजीवनमा प्रत्यक्ष असर पारेको मेयर श्रेष्ठले बताए ।

उपप्रमुख गीता खड्काले पनि टिपरहरूको कारण राजमार्ग क्षतिग्रस्त भएको बताउँदै वैकल्पिक मार्गको निर्माणले समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले नगरपालिकाले उद्योगहरूलाई बारम्बार अनुरोध गरे पनि उद्योगले चासो नदेखाएको गुनासो गरिन्।

छलफलमा मारुति सिमेण्टका प्रतिनिधि राजेन्द्र राउत र दीपक कार्की, सौर्य सिमेण्टका राजन झा र ब्रजेश झा, कसमस सिमेण्टका कृष्ण दुलाल, ढुवानीकर्ताहरू, र वडा नम्बर २, ३, र १२ का वडाध्यक्ष प्रेम बहादुर थापा, पुष्कर खड्का, र बासु कटुवाल लगायत सरोकारवाला सहभागी थिए।

यो निर्णयले चुनढुंगा ढुवानी व्यवस्थापनमा देखिएको विवादलाई समाधान गर्दै, सडक संरचना र नगरको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। वैकल्पिक मार्ग निर्माणसँगै स्थानीयको समस्या केही सुधार हुने र सडक क्षतिलाई न्यून गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...