नेभिगेशन
सबै कुरा

चुनढुंगा ढुवानी व्यवस्थापनका लागि वैकल्पिक मार्ग निर्माणको सहमति

उदयपुर । चुनढुंगा ढुवानी व्यवस्थापनका लागि वैकल्पिक मार्ग निर्माण गर्ने सहमति  भएको छ। कटारी नगरपालिकामा  आईतबार नगरपालिकाका जनप्रतिनिधि, उद्योगका प्रतिनिधि र अन्य सरोकारवालाहरूबीच भएको छलफलले चुनढुंगा बोक्ने टिपरको लागि वैकल्पिक मार्ग बनाउने सहमति भएको   छ ।  छलफलले १५ दिनभित्र वैकल्पिक मार्ग निर्माण सुरु गर्ने निर्णय गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विगतका वर्षहरूमा हिउँद महिनामा चुनढुंगा ढुवानीका लागि खोलाको बाटो प्रयोग हुँदै आएको थियो। तर यस वर्ष नगरपालिकाले वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकता दिदै उद्योगहरूलाई खोलाको बाटोको सट्टा स्थायी समाधान खोज्न निर्देशन दिएको थियो। उद्योगहरूले यसबारे चासो नदेखाएपछि नगरपालिकाले वैकल्पिक मार्ग नबनाएसम्म चुनढुंगा ढुवानी रोक्ने चेतावनी दिएको थियो।

Extreme Energy
citizen life

मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार, छलफलले पुस २९ गतेबाट खोलाको बाटो बनाउने कार्य सुरु गर्ने र १५ दिनभित्र वैकल्पिक मार्ग निर्माणमा आवश्यक प्रक्रिया अघि बढाउने सहमति गरेको छ। तर, वैकल्पिक मार्ग निर्माण गर्न आलटाल भएमा चुनढुंगा ढुवानीमा पूर्ण रोक लगाइने नगर प्रमुख श्रेष्ठको अडान छ।

मेयर श्रेष्ठले सिद्धिचरण राजमार्गमा टिपरहरूको अत्यधिक चापले सडकको अवस्था दयनीय बन्दै गएको बताएका छन्। दैनिक हजारौँ टिपरको ओहोरदोहोरले राजमार्ग जीर्ण हुँदै गएको र यसले स्थानीय बासिन्दाको जनजीवनमा प्रत्यक्ष असर पारेको मेयर श्रेष्ठले बताए ।

उपप्रमुख गीता खड्काले पनि टिपरहरूको कारण राजमार्ग क्षतिग्रस्त भएको बताउँदै वैकल्पिक मार्गको निर्माणले समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले नगरपालिकाले उद्योगहरूलाई बारम्बार अनुरोध गरे पनि उद्योगले चासो नदेखाएको गुनासो गरिन्।

छलफलमा मारुति सिमेण्टका प्रतिनिधि राजेन्द्र राउत र दीपक कार्की, सौर्य सिमेण्टका राजन झा र ब्रजेश झा, कसमस सिमेण्टका कृष्ण दुलाल, ढुवानीकर्ताहरू, र वडा नम्बर २, ३, र १२ का वडाध्यक्ष प्रेम बहादुर थापा, पुष्कर खड्का, र बासु कटुवाल लगायत सरोकारवाला सहभागी थिए।

यो निर्णयले चुनढुंगा ढुवानी व्यवस्थापनमा देखिएको विवादलाई समाधान गर्दै, सडक संरचना र नगरको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। वैकल्पिक मार्ग निर्माणसँगै स्थानीयको समस्या केही सुधार हुने र सडक क्षतिलाई न्यून गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँ महानगरका प्रवक्ता नविन...
विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन्...
दार्चुलाबाट हर्क भन्छन्ः  आमाको  बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

दार्चुलाबाट हर्क भन्छन्ः आमाको बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

कहिल्यै फर्केन भन्दै एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज’, सांसद साम्पाङले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै घाम नलागेको तुसारोले छोपिएको...
कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

सोही निर्णयअनुसार हाल कायम रहेको पोशाक खरिद नगर्न अभिभावक तथा सरोकारवालालाई नगरपालिकाले अनुरोध गरेको छ।