नेभिगेशन
सबै कुरा

ट्रक व्यवसायीको आरोपः अत्याधिक भार बोक्ने भारतीय ट्रक र नियामकको लापरबाहीका कारण दुम्कीबासमा पुल भाँचियो

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सम्बन्धीत निकायले भार मापनमा लापरवाही गर्दा बुटवल–नारायणगढ खण्डको दुम्कीबासमा पुल भाँचिएको आरोप लगाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले अत्याधिक भारवाहन गरि भारतीय ट्रक सञ्चालन हुँदा दुम्कीबासमा रहेको बिनय खोलाको पुल भाँचिएको भन्दै भार मापनमा लापरवाही गर्ने निकायलाई कारवाही गर्न समेत माग गरेको छ ।

Ncell
Extreme Energy

भारवहन नियमन सम्वन्धि कार्यविधि २०७१ (संशोधन २०७४) लागू गरेको अवस्थामा तौलपुलले जारी गरेको प्रमाणीत कागजात लिएर हिँड्नुपर्ने व्यवस्थालाई भारतीय ट्रकले उल्लंघन गरेको महासंघको भनाइ छ । महासंघले भारतीय मालबहाक सवारी साधनको निर्वाध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गर्न माग गरेको छ ।

त्यस्तै मालवहाक सवारी साधन भारवहन नियमन सम्बन्धी कार्यविधि २०७४ लाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले बताए । 

त्यस्तै नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानूनले तोकेको भारवहन भन्दा बढी माल बस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाइनुपर्ने महासंघले जनाएको छ । त्यस्तै नेपालका जिर्ण पूल र जोखिमयुक्त सडकहरुमा स्पष्ट देखिने गरि सडकको क्षमता र चिन्ह राख्निुपर्ने सुझाव दिएको छ ।

यहि पुस २६ गते भारतीय नम्बर प्लेटको ट्रक पास हुने क्रममा बिनय खोलाको पुल भाँचिएको थियो । पुल भाँचिएपछि अस्थायी बाटो बनाएर आवतजावत गराइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...

भर्खरै