नेभिगेशन
सबै कुरा

थारू समुदायले 'भलमन्सा' छान्दै: जसले गाउँको नेतृत्व गर्छ

कञ्चनपुर । यहाँका थारू गाउँमा वरघर (भलमन्सा) छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारू समुदायमा पुस्तौदेखि चल्दै आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 वरघरले गाउँको बाटो निर्माणको अगुवाइ गर्ने, न्यायनिसाफ छिन्ने, सांस्कृतिक कार्य, विवाह, जग्गाको साँधसिमाना विवाद मिलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने गर्छन् । वरघरसँगै थारू समुदायले धार्मिककार्यको तान्त्रिक विधिबाट कार्य गर्ने गुरूवा, गुरूवाको सहायक केसौका, चिरक्या र गाउँमा खबर गर्ने चौकीदारको चयन गरिरहेका छन् । 

Ncell
Extreme Energy

प्रत्येक वर्ष थारू समुदायका प्रत्येक गाउँमा वरघर चयनको कार्य हुने गरेको छ । “राम्रो कार्य गर्ने वरघरले अर्को वर्ष पनि गाउँको नेतृत्व गर्ने मौका पाउँछन्”, कृष्णपुर नगरपालिका–२ का सोभ खुनाले भने, “गाउँलेले पुरानोको कामलाई मन नपराए अर्को वरघर (भलमन्सा) चयन गर्छन् ।” गाउँका बासिन्दाको सल्लाहमा वरघर चयन हुने गरेको उनले बताए ।  

उनका अनुसार वरघरिया भनेको थारू समुदायको नेतृत्वकर्ता हो । थारू समाजमा वडघरियालाई उच्च सम्मानका साथ हेरिन्छ । समुदायले चुनेको वरघरियाले सिङ्गो थारू गाउँको नेतृत्व गरेको हुन्छ । वरघरियाले गाउँको प्रशासनिक, न्यायिक, विकास निर्माण, योजना तर्जुमा र परम्परागत कला, संस्कृतिको जर्गेनाको कार्य सम्पादन गर्दै आएका छन् ।

जनप्रतिनिधिले वरघरियाको सल्लाहमै गाउँको विकासका लागि योजना निर्माण गर्ने तथा कार्यान्वयन गर्दै आएका छन् । “जनसहभागिता जुटाउन र गाउँले भेला गर्न  वरघरियालाई गुहार्नुपर्ने पुरानै चलन हो”, शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, “वरघरिया भएका गाउँमा विकास निर्माण गर्न निकै सहज हुन्छ ।”

बजेटको मुख नताकेर जनश्रमदान जुटाएर विकास निर्माणका कार्य विगतमा हँुदै आएकामा हाल त्यस कार्यमा भने कमी आएको बताउँछन् । विकास निर्माण ज्याला मजदुरीमै गराउन थालिएपछि श्रमदान गर्ने कार्यमा कमी आएको उनको भनाइ छ ।

 दुई दिनअघि मात्र वरघरमा चयन भएका कृष्णपुर नगरपालिका–२ वाणीका धनबहादुर चौधरी गाउँको रीतितिथि बसाल्ने कार्यका लागि जिम्मेवारी दिएकाले निष्पक्ष तरिकाले कार्य गर्ने बताउँछन् । 

विकास निर्माणदेखि देवीदेवताको पूजा गर्ने, चाडपर्वमा नृत्य टोलीको व्यवस्था गर्ने, अंशवण्डा गर्ने, गाउँमा हुने विवाहको चाँजोपाँजो खटनपटनको कार्य गर्न योजना बनाएर लागू गर्ने उनले बताए । 

 थारू समुदायमा वरघरले गरेको निर्णय मान्नुपर्ने परम्परा छ । वरघरिया, गुरूवा, केसौका, चिरक्या र चौकिदारलाई गाउँको कार्य गरेबापत निश्चित रूपमा धान, गहुँलगायत अन्न गाउँका प्रत्येकका घरबाट उठाएर तिरो दिन्छन् । अहिले नगद रकम उठाएर दिने चलन पनि छ । यो प्रथा थारू समुदायको बसोबास रहेको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा प्रचलनमा छ ।

 केही स्थानीय तहले नगरसभाबाट कानुन पारित गरेर यस प्रथालाई व्यवस्थित बनाउने कार्य गरेका छन् । गाउँको सामूहिक कार्यको योजना वरघरले बनाउँछन्भने वर्षभरि गरिने घरको योजना घरको मुखियाले बनाउने गर्छन् । माघीको पहिलो हप्ताभित्र घरका सबैजना बसेर घरव्यवहारबारे छलफल गर्ने गरिन्छ । जसमा खेतमा कुन बाली लगाउने, उमेर पुगेका घरका युवायुवतीको विवाह गर्ने कि नगर्ने, घरको काम गर्ने अगुवा कसलाई बनाउने, साहुमहार्जनको व्यवहार कसले गर्नेलगायत योजना पर्छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...
निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

बालकृष्ण भण्डारीले व्यावसायिक कृषिका लागि पहल गरिदिन आग्रह गरे भने बामदेव भट्टराईले आफ्नो वडामा धेरै विकास बजेट परेकोमा खुसी व्यक्त गरे । बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल...
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

कार्यविधिअनुसार जेन–जी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ । ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको...
ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

निगमका अनुसार टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास...