नेभिगेशन
सबै कुरा

नेप्से परिसूचकमा पाँच अङ्कको झिनो सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ । परिसूचक पाँच दशमलव ०८ अङ्कले बढेर दुई हजार छ सय १३ दशमलव ०८ को विन्दुमा कायम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज तीन सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार आठ सय ४० पटक खरिदबिक्री हुँदा रु छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ बराबरको कारोबार भएको छ ।

Ncell
Extreme Energy

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ३५, वित्त एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ४८ र व्यापार समूह दुई दशमलव १० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बीमा एक दशमलव १० र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बीमा एक दशमलव ७८ र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको रु २३ करोड ७६ लाख ३५ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा  सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको चार लाख ७५ हजार नौ सय कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा २६ दशमलव १६ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६ दशमलव १६ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने...
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २० अङ्कले घटेर चार सय ६४ दशमलव ४३ मा सिमित भएको छ । कुल ३५२ कम्पनीको ८३ लाख ७५...
नेप्से परिसूचकमा ६.३१ अङ्कको गिरावट

नेप्से परिसूचकमा ६.३१ अङ्कको गिरावट

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४८ अङ्कले ओरालो लागेर ४६४ दशमलव ६४ मा सीमित भएको छ । कारोबार भएकामध्ये ८० कम्पनीको शेयर मूल्य उकालो...