नेभिगेशन
सबै कुरा

नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घट्यो


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११ दशमलव १० अङ्कले घटेर दुई हजार छ सय ५४ दशमलव ३५ मा कायम भएको छ ।

Ncell
Extreme Energy

आज तीन सय १८ कम्पनीको एक करोड ५१ लाख चार हजार ३३ कित्ता शेयर ८४ हजार सात पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार तीन सय २६ को कारोबार भएको हो । 

आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४९ को घटेको  छभने आठ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।  

कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंकको रु ३० करोड ८९ लाख २९ हजार ६५ बराबरको शेयर किनबेच भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको पाँच लाख सात हजार तीन सय ११ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक...
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२  अङ्कमा...