नेभिगेशन
सबै कुरा

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निरासाजनक

काठमाडौं । सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने, आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ सुरू गरेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको पाइएको छ ।सरकारले सबै खालका साधन तथा स्रोत उपलब्ध गराएको भए पनि त्यस्ता आयोजनाको प्रगति अपेक्षित हुन नसकेको पाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कूल २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालु आर्थिक वर्षमा १९ वटा आयोजनाका लागि जम्मा रू ६६ अर्ब ७५ करोड तीन लाख विनियोजन गरिएको थियो ।गत पुस मसान्तसम्मको अवधिमा जम्मा रू १७ अर्ब १५ करोड ३२ लाख खर्च भएको छ । जस अनुसार राष्ट्रिय गौरवका आयोजनाको समीक्षा अवधिमा २५ दशमलव ७० प्रतिशत खर्च भएको छ ।

Ncell
Extreme Energy

आर्थिक वर्ष २०६८/६९ को सुरूमा १७ वटा राष्ट्रिय गौरवका आयोजना पहिचान गरिएकामा नेपाल सरकारले आवश्यकता र औचित्यताको आधारमा क्रमागत तथा नयाँ आयोजनालाई समेत समावेश गरेको थियो ।त्यस्ता आयोजनाको सङ्ख्या विस्तार गरी २७ वटा पुगेकामा सम्पन्न भइसकेका र कार्य प्रारम्भ नभएका बाहेक आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा १९ आयोजना कार्यान्वयनमा छन् ।

आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय गौरवका आयोजनाको लागि रू ६० अर्ब ३८ करोड ७१ लाख खुद बजेट विनियोजन गरिएकामा रू ५४ अर्ब २४ करोड आठ लाख खर्च भई वित्तीय प्रगति ८९ दशमलव ८२ प्रतिशत र भौतिक प्रगति ५७ दशमलव ५० प्रतिशत भएको अर्थमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।