नेभिगेशन
सबै कुरा
सुप्रिम सहकारी प्रकरण :

पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

काठमाडौँ । रुपन्देही जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा जोशीलाई थुनामा पठाउने आदेश गरेको हो । 

रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले उक्त आदेश गरेको हो । जोशीलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८८ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ५० लाख धरौटीमा रिहा गरिएको थियो । 

अदालतमा आफूविरुद्ध मुद्दा दायर भएपछि जोशी आफैँ अदालतमा उपस्थित भएका थिए । सोही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने १ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

आज उच्च अदालत बुटवल इजलासले उक्त आदेश गरेको हो । लामिछाने र जोशीको मुद्दामा न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासमा सुनुवाई भएको थियो ।
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

“अदालतको फैसला वा आदेशको परोक्ष रूपले पालना नगर्ने कार्यले स्वेच्छाचारिताको प्रवर्द्धन गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “अदालतको आदेश वा फैसला अक्षरसः पालनाका लागि अनुरोध गर्दै अदालतप्रतिको आस्थामा आँच आउने...
राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेसी तोकेको हो ।
सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम...

भर्खरै