नेभिगेशन
समाज

कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरी लगातार तेस्रो महिना प्रथम

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिना देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँके असार, साउन र भदौमा लगातार प्रथम भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी प्रधान कार्यालयका अनुसार बाँके पछिल्लो नौ महिनामा पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा प्रथम तथा जेठमा दोस्रो भएको थियो।

Marvel
Extreme Energy

शान्तिसुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, फैसला कार्यान्वयन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण र नागरिकमैत्री सेवा प्रवाहलगायतका सूचकमा बाँकेको कार्यसम्पादन उत्कृष्ट देखिएको प्रहरीले जनाएको छ।

एसपी अङ्गुर जिसीले उपलब्धि आफ्नो व्यक्तिगत नभई सम्पूर्ण प्रहरी टोलीको सामूहिक प्रयासको परिणाम भएको बताए।

'प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यसम्पादनलाई देशभरमै उत्कृष्ट ठहर गरेकोमा सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्छु,' उनले भने, 'अबको प्राथमिकता बाँकेबासीलाई अझ सुरक्षित अनुभूति गराउने र पीडितलाई छिटो न्याय दिलाउने हो।'

उनले अपराध, लागूऔषध कारोबार र सीमामा हुने अवैध गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति निरन्तरता दिने बताए।

'पीडित न्यायबाट वञ्चित नहोस् भन्ने हाम्रो पहिलो दायित्व हो। अपराधीमाथि कुनै पनि हालतमा सम्झौता हुँदैन,' उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...