नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

सीआईबीको हिरासतमा हुनुपर्ने ‘झलकराम अधिकारी’ किन तानिए मन्त्रालय ?

भदौ ७, काठमाडौ । सुन तस्करीका नाइके दावा छिरिङसँग डिल गरेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयले जोगाउन खोजेको आशंका उब्जिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुन तस्करीका नाइके दावासँग लामो कुराकानी गरेको प्रमाण बाहिरिएपछि सीआईबीको अनुसन्धानमा तानिनुपर्ने अधिकारी गृह मन्त्रालयमा तानेर मन्त्रालयले जोगाउन खोजेको आशंका हुन थालेको हो । 

Ncell
Extreme Energy

सिधाकुरामार्फत अधिकारीको सुन तस्करीका नाइके भनिएका दावा छिरिङसँगको संवाद बाहिरिएपछि गृहले अधिकारीलाई मन्त्रालय तानेर जगेडामा राखेको छ । 

साउन २ मा राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सार बाहिरबाट बरामदको ६० किलो सुनको अनुसन्धानका क्रममा बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो । 

दावाको फोन फरेन्सिक ल्यावबाट परीक्षण गर्दा अधिकारीसँग कुराकानी भएको भेटिएको थियो । वी–च्याट संवादमा दावाले ठूलो पैसाको ठुलो काम भएकाले भेट्नु पर्ने भनेका थिए । जवाफमा अधिकारीले ‘ओके स्योर’ भन्ने जवाफ फर्काएका थिए । साथै अधिकारीले दावालाई पानी तान्ने मोटरको फोटो र भन्सारका कागजपत्र समेत पठाएको थिए । अधिकारीले फोटो पठाएकै मोटर दावाको टोखा स्थित सुन पगाल्ने फ्याक्ट्रीमा भेटिएको थियो । प्रहरीको जारी अनुसन्धानमा दावाले यसअघी सोही मोटरमा राखेर सुन भित्राउने गरेको हुनसक्ने अनुमान गरेको छ । 

(दावाको वी–च्याट स्कृनसट सिधाकुरासँग सुरक्षित छ ।)

बुधबार सिधाकुराले दावासँग महानिर्देशक अधिकारीको वी–च्याट संवाद सार्वजनिक गरेको थियो । अधिकारीले समेत दावासँग भेट भएको र म्यासेजमा कुराकानी भएको पनि स्वीकार गरेका छन् । 


स्रोतका अनुसार समाचार प्रकाशन भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अधिकारीलाई पक्राउ गर्ने तयारी थियो । तर बिहिबार अधिकारी मन्त्रालय तानिए । 

कनेक्सन पुष्टि हुने संवाद बाहिरिएपछि अनुसन्धानका लागि सीआईबीको जिम्मा लगाउनुपर्ने गृहले मन्त्रालय तानेर संरक्षण गर्न खोजेको आशंकालाई बलियो बनाएको छ । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने आफू दोषीलाई कारबाही गर्ने विषयमा सम्झौता नगर्ने भएकाले यस्तो आशंका नगर्न आग्रह गरेका छन् । गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सिधाकुराका प्रकाशित समाचार पढेपछि आफूले अध्यागमनबाट मन्त्रालय तानेर जिम्मेवारीबिहिन बनाएकाले बाँकी अनुसन्धान सीआईबीले गर्ने बताए । यद्यपी यो समाचार तयार पार्दासम्म सीआईबीले अधिकारीमाथिको अनुसन्धान भने थालेको छैन । 

 'सिधाकुरा द सेक्रेट अफ गोल्ड माफिया' सिरिज पढ्नुहोस् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।
एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रिमियर लिग (एनपीएल)लाई औपचारिक मान्यता दिएको निर्णयलाई कर्णाली याक्सले स्वागत गरेको छ। क्लबले यसलाई नेपाली क्रिकेटको विकासका लागि ऐतिहासिक उपलब्धि भनेको छ।