नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

सीआईबीको हिरासतमा हुनुपर्ने ‘झलकराम अधिकारी’ किन तानिए मन्त्रालय ?

भदौ ७, काठमाडौ । सुन तस्करीका नाइके दावा छिरिङसँग डिल गरेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयले जोगाउन खोजेको आशंका उब्जिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुन तस्करीका नाइके दावासँग लामो कुराकानी गरेको प्रमाण बाहिरिएपछि सीआईबीको अनुसन्धानमा तानिनुपर्ने अधिकारी गृह मन्त्रालयमा तानेर मन्त्रालयले जोगाउन खोजेको आशंका हुन थालेको हो । 

Ncell
Extreme Energy

सिधाकुरामार्फत अधिकारीको सुन तस्करीका नाइके भनिएका दावा छिरिङसँगको संवाद बाहिरिएपछि गृहले अधिकारीलाई मन्त्रालय तानेर जगेडामा राखेको छ । 

साउन २ मा राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सार बाहिरबाट बरामदको ६० किलो सुनको अनुसन्धानका क्रममा बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो । 

दावाको फोन फरेन्सिक ल्यावबाट परीक्षण गर्दा अधिकारीसँग कुराकानी भएको भेटिएको थियो । वी–च्याट संवादमा दावाले ठूलो पैसाको ठुलो काम भएकाले भेट्नु पर्ने भनेका थिए । जवाफमा अधिकारीले ‘ओके स्योर’ भन्ने जवाफ फर्काएका थिए । साथै अधिकारीले दावालाई पानी तान्ने मोटरको फोटो र भन्सारका कागजपत्र समेत पठाएको थिए । अधिकारीले फोटो पठाएकै मोटर दावाको टोखा स्थित सुन पगाल्ने फ्याक्ट्रीमा भेटिएको थियो । प्रहरीको जारी अनुसन्धानमा दावाले यसअघी सोही मोटरमा राखेर सुन भित्राउने गरेको हुनसक्ने अनुमान गरेको छ । 

(दावाको वी–च्याट स्कृनसट सिधाकुरासँग सुरक्षित छ ।)

बुधबार सिधाकुराले दावासँग महानिर्देशक अधिकारीको वी–च्याट संवाद सार्वजनिक गरेको थियो । अधिकारीले समेत दावासँग भेट भएको र म्यासेजमा कुराकानी भएको पनि स्वीकार गरेका छन् । 


स्रोतका अनुसार समाचार प्रकाशन भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अधिकारीलाई पक्राउ गर्ने तयारी थियो । तर बिहिबार अधिकारी मन्त्रालय तानिए । 

कनेक्सन पुष्टि हुने संवाद बाहिरिएपछि अनुसन्धानका लागि सीआईबीको जिम्मा लगाउनुपर्ने गृहले मन्त्रालय तानेर संरक्षण गर्न खोजेको आशंकालाई बलियो बनाएको छ । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने आफू दोषीलाई कारबाही गर्ने विषयमा सम्झौता नगर्ने भएकाले यस्तो आशंका नगर्न आग्रह गरेका छन् । गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सिधाकुराका प्रकाशित समाचार पढेपछि आफूले अध्यागमनबाट मन्त्रालय तानेर जिम्मेवारीबिहिन बनाएकाले बाँकी अनुसन्धान सीआईबीले गर्ने बताए । यद्यपी यो समाचार तयार पार्दासम्म सीआईबीले अधिकारीमाथिको अनुसन्धान भने थालेको छैन । 

 'सिधाकुरा द सेक्रेट अफ गोल्ड माफिया' सिरिज पढ्नुहोस् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...

भर्खरै