नेभिगेशन
सबै कुरा

अमरेशकुमार सिंहले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार प्रतिनिधिसभाको आकश्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा सिनियरलाई ख्याल नगरिएको भन्दै स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग  गरेका हुन् । 

Ncell
Extreme Energy

उनले सरकारले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।  सिंहले संगिता मिश्रसंग केही चिनजान नरहेपछि मधेसी भएकै कारण सिनियर भएर पनि उनलाई बढुवा नगरेको आरोप लगाए । 

मधेशी समुदायको एउटा आस्थाको केन्द्रलाई ठेस पुराउने काम सरकारले गरेको उनको भनाई छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम समेत सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ आयोजनाहरुको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।
उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज सर्वसाधारण नागरिकसँग सम्वाद गर्ने भएकी छिन् ।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । महामन्त्री विपीन आचार्यकाअनुसार आज विहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकका १० वटा एजेण्डा...
सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरुलाई मर्यादित र संयमित हुन निर्देशन दिएका छन् ।