नेभिगेशन
सबै कुरा

जाउँला बग्गीमा सरर पाटन दरबार...(भिडियो रिपोर्ट)

ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ई–बग्गीको परीक्षण सुरु गरेको छ । महानगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू धुमाउनका लागि ई–बग्गी परीक्षण गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

महानगरले सुरुको एक महिना परिक्षणका लागि महानगरभित्र ई–बग्गी चलाएको र त्यसको अनुगमन र सम्भाव्यता अध्ययन गरेर अन्य थप बग्गी चलाउने तयारी गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए । ‘एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई–बग्गी किनेर महानगरले सञ्चालनको योजना बनाइरहेको छ ।’, हाछेथुले भने ।

महानगरले पर्यटकलाई घुमाउनका लागि सो बग्गीलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन र सुन्धाराको रुटमा सञ्चालन गर्ने जनाएको छ । त्यस्तै परिक्षणकालमा उक्त बग्गीमा निशुल्क चढ्न सकिने र परिक्षणकाल सम्पन्न भएपछि पनि न्यून मुल्यमा पर्यटकलाई घुमाउने महानगरले जनाएको छ । 

ललितपुर महानगरपालिकाले अहिले होटल गुडविलसँगको सहयोगमा बग्गी लयाएर परिक्षण गरिरहेको जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको...
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा...
विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम,  ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६ बुँदे अवधारणा

विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६ बुँदे अवधारणा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ ।
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ ।